मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यापारमा लाभ हुनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछन्। मानप्रतिष्ठा बढ्नेछ। दिनको पूर्वाद्धभन्दा उत्तरार्द्ध राम्रो छ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शत्रु बढे पनि जित तपाईंकै हुनेछ। आफन्तको सहयोगले विशिष्ट कार्यको थालनी होला। अधुरा कार्य पूरा हुनेछन्। स्वास्थ्यमा सामान्य समस्या आउनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साथीभाइ बढ्नेछन्। भाग्योदयको योग छ। नयाँ कामको थालनी हुनेछ। न्यायिक क्षेत्रमा सफलता पाइने योग छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तसँग भेटघाट होला। पराक्रम बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आए पनि खर्च वृद्धि हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कार्यको थालनी हुनेछ। सन्तानसुख प्राप्त हुनेछ। व्यापार व्यवसाय सामान्य रहनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्यमा उत्साह र विश्वास बढ्नेछ। अकस्मात लाभको योग छ। यात्रा गर्दा सावधानी अपनाउनु होला। धार्मिक कार्यमा रुचि बढ्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अचल सम्पत्ति प्राप्त हुनेछ। आफन्तले धोका दिन सक्नेछन्। विदेश यात्राको योग छ। सरसामान हराउन सक्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा खिन्नता बढ्ने देखिन्छ। धार्मिक यात्राको योग छ। आफन्तको सहयोगमा महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अध्ययनअध्यापनमा अवरोध देखिएला। शत्रुहरू शरणमा आउनेछन्। स्वास्थ्यमा सामान्य समस्या आउनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
विवादको सामना गर्नुपर्ला। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
शत्रु परास्त हुनेछन्। पठनपाठनमा सामान्य रहला। सामाजिक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ। वैचारिक सद्भाव बढ्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। मान सम्मान वृद्धि हुनेछ। यात्रा सफल हुनेछ।
http://annapurnapost.com/Horoscope
No comments:
Write comments