Thursday, October 30, 2014
तपाईंको ओठ कस्तो छ ? गुलाबी वा रसिलो ? अब ओठको आकारबाटै गोप्य कुरा थाहा हुने नया तथ्य
महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिने तरिकाहरु
गुलाबी ओठ: जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरु कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन् । यस्ता ओठ भएका मानिसहरु आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन् । उनीहरुको साथीहरु पनि धेरै हुने गर्दछन् ।
मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु सानो– सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाँही यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् ।
बाहिर निस्किएको ओठ: जो मानिसहरुको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरु डरपोक स्वभावका हुन्छन् । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितिको सजिलै सँग समाधान निकाल्न सक्दैनन् ।
भित्र पसेको ओठ: जसको ओठ सामान्य स्थितिभनदा अलि भित्र पसेको छ भने उनीहरु रहस्यमय स्वभाव भएका व्यक्तिहरुमा गनिन्छन् । यस्ता व्यक्तिहरुको मनको कुरा बुझ्न निकै कठिन हुने गर्दछ । ओठ भित्र पसेका व्यक्तिहरु राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गदैछन् ।
रसिलो ओठः रातो रंगको, नरम र कलात्मक किसिमको ओठलाई रसिलो ओठ भनिन्छ । यस्ता ओठ भएका मानिसहरु राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन् । रसिलो ओठ भएको मानिसहरु समाज र घरपरिवारमा मान–सम्मान प्राप्त गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफ्नो कार्य क्षेत्रमा उच्च स्थानमा जान सक्ने र जीवनमा थुप्रै उपलब्धिहरु हासिल गर्दछन् ।
ठूलो ओठ :जो व्यक्तिको ओठ ठूलो हुन्छ उनीहरु मिठो खाना खानमा शौखिन हुने गर्दछन् । उनीहरुलाई विभिन्न प्रकारका खानेकुराहरु बनाएर खान मनपर्छ । सामान्यतया यस्ता व्यक्तिहरु छिट्टै आवेशमा आउने गर्दछन् र उनीहरुको रिस पनि चाँडै नै शान्त हुुने गर्दछ ।
संकुचित ओठ: सानो र पातलो ओठलाई संकुचित ओठ भनिन्छ । यदि कसैको यस्तो ओठ छ र ओठ बेरंगी छ भने यस्ता व्यक्तिहरु देखावटी गर्न माहिर हुन्छन् । बेरंगी, सानो र पातलो ओठ भएका मानिसहरु अरु मानिसहरुमा आफ्नो प्रभाव जमाउन क्रियासिल हुने गर्दछन् ।
ओठमा कोठी छ भने: यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिंगप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको कामुक बिचार ल्याउने गर्दछन् । यस्ता मानिसहरु अरु मानिसहरुलाई चाँडै नै प्रभावित गर्न सक्षम हुने गर्दछन् । यदि ओठको ठिक मुनि कोठी छ भने यस्ता मानिसहरु कठिन परिश्रम गर्ने गर्दछन् र सजिलै सँग धन कमाउन सक्दैनन् । यस्ता मानिसहरुले कठिन परिश्रमपछि मात्र धन कमाउने गर्दछन् । एजेन्सी
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments