Thursday, October 30, 2014
आफ्नी छोरी लाने केटालाई अर्बपति बनाइदिने घोषणा
हङकङका एक धनाढ्यले आफ्नी छोरी लाने केटालाई अर्बपति बनाइदिने घोषणा गरेका छन् । हङकङका एक नम्बर व्यापारी सेसिल चाउले उक्त घोषणा गरेका हुन् । सेसिलले आफ्नी छोरी गिगी चाउ लानेलाई ८ करोड पाउन्ड दिने बताएका छन् ।
उक्त रकम बराबर नेपाली करिब १३ अर्ब २० करोड रुपैयाँ हुन्छ । वास्तवमा उनले ४ करोड दिने बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम दिने बताएका छन् । समाचारमा जनाइएअनुसार सेसिलकी छोरी गिगी लेस्बियन हुन् । उनकी छोरीले दुईवर्षअघि एक महिलासँग समलिंगी बिहे गरेकी थिइन् । जबकि, हङकङमा यस्तो विवाहमाथि रोक छ ।
सेसिलले यसअघि छोरीको बिहेका लागि ३९ मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २० हजार युवाले आवेदन दिएका थिए । तर कोही आवेदनकर्ता नआएको बताइन्छ । (एजेन्सीको सहयोगमा)
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments