स्वेता खड्का, नायिकाआफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो। म पनि आफ्नो पति प्रमेश्वरको पछि लागेर नयाँ जीन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेँ।
तरपनि आज म छट्पटाउँदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु।यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला, कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरेँ होला, तरपनि उहाँहरुले मलाई कहिलै मेरो कमजोरी देखाउनु भएन।
मलाई आफ्नो जन्मघर छोडेर पराई घर आएको महसुश हुन दिनुभएन।मलाई सधै आफ्नै छोरी, बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु। मबाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफी माग्न पनि चाहन्छु। हजुरहरुको माया र साथलाई म मेरो भित्री मनदेखि धन्यबाद दिन चाहन्छु।
र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडि बढ्ने प्रयाश गर्दछु।आउने दिनहरुमा मबाट केहि गल्तीहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनीको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म विस्वस्त छु।(खड्काले आफ्नो फेसबुकमा व्यक्त गरेको बिचार)
No comments:
Write comments