तपाइँले कुनै महिलाको उमेर सोध्नु भो भने कहिलेकाँहि त सम्बन्ध नै धरापमा पानै सम्भावना हुनसक्छ । हो महिलाहरले आफ्.नो सहि उमेर भन्न रुचाउँदैनन् । भनिहाल्यो भने पनि अधिकांश महिलाले उमेर घटाएर भन्ने गर्छन् । उमेरको विषयमा महिलाहरुले गलत धारणा राख्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।
ल्यानकम एडभान्स जेनेफिकले गरेको महिला मनोविज्ञानमाथिको शोधमा महिलाहरुले आफू धेरै उमेरसम्म जवान हुन पाउनु पर्ने नैसगिर्क अधिकार नै भएको समेत ठान्ने महिलाहरुको स्वभाव हो । शोधमा सहभागी भएका करिव ३३ प्रतिशत महिलाले त्वचाका कारण आफू जवान देखिने दावी गरेका थिए । त्यसैगरी कतिपयले त आफू उमेर भन्दा १० वर्ष कान्छी देखिने दावी समेत गरेका थिए ।
अनुसन्धानले महिलाहरुमा उमेरबारे भ्रमात्मक धारणा गहिरोगरी रहेको र यसलाई बदल्न कठिन रहेको बताइन् ।
No comments:
Write comments