top_rightads

Thursday, October 16, 2014

इस्लामिक मुलुकबाट फर्किने सुरक्षा निगरानीमा

 

काठमाडौ । नेपाली नेताहरुलाई गम्भीर  सुरक्षा थ्रेट भएको भन्दै भारतीय दुतावासले गोप्य लिखित सूचना दिएपछि गृह मन्त्रालयले सिरिया लगायत इस्लामिक मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको गतिविधिलाई निगरानीमा राख्न सुरक्षा निकायलाई निर्दैशन दिएको छ । सूचना सार्वजनिक भएपछि सुरक्षा निकायका प्रमुखहरुको बैठक दिनहुँजसो बसिरहेको छ ।
सोही विषयबारे छलफल गर्न बिहीबार गृहसचिवको अध्यक्षामा बसेको बैठकले सिरिया लगायत इस्लामिक मुलुकका नागरिक प्रवेश गर्दा विेशष निगरानी गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले विमानस्थलको सुरक्षामा कडा सुरक्षा डेस्क खडा गरिएको जानकारी दिए । अन्नपुर्णपोष्ट

No comments:
Write comments