काठमाडौं,असोज ३१ – प्रधानमन्त्री सुशील कोइराला र सत्तासाझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ । ओलीले सरकार छाड्नेसम्मको चेतावनी दिएका छन् भने प्रधानमन्त्री कोइरालाले सरकार छाडे पनि केही फरक नपर्ने जवाफ फर्काएका छन् ।
प्रधानमन्त्री कोइरालाले एमालेको भागमा परेको भूमिसुधार मन्त्रालयले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोग र त्यसमातहत देशभर बनाइएका समितिहरु विघटन गर्ने तयारी गरेपछि एमाले अध्यक्ष ओली आक्रोसित बनेका हुन् । प्रधानमन्त्री कोइराला ब्याक भएपछि तत्कालका लागि विवाद साम्य भएको छ ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्री कोइरालाले बिहिबार बोलाएको मन्त्रिपरिषद् बैठकमा आयोग बिघटनको प्रस्ताव ल्याउने तयारी गरेको थिए । यो कुरा थाहा पाएपछि एमाले मन्त्रीहरु बैठक बहिस्कार गरेर सिंहदरबारस्थित संसदीय दलको कार्यालय आएका थिए । उनीहरुले अध्यक्ष केपी ओली र उपाध्यक्ष भिम रावललाई त्यसको जानकारी गराएका थिए ।
दलको कार्यालयबाटै अध्यक्ष ओलीले प्रधानमन्त्री कोइरालालाई फोन गरेर आयोग र देशभरका समितिहरु विघटन नगर्न आग्रह गरेका थिए । तर कोइरालाले एमालेको आयोगले मनपरी गरेको भन्दै विघटन नै गर्ने जवाफ फर्काएपछि दुईजना बीच चर्काचर्की भएको थियो ।
No comments:
Write comments