top_rightads

Thursday, October 16, 2014

नेपाल प्रहरीमा आजबाट नयाँ पोसाक

 

काठमाडौं,असोज ३१ – नेपाल प्रहरीले शुक्रबारदेखि आफ्नो पोसाक परिवर्तन गर्दैछ । जनपद प्रहरीमा चुस्ता (कम्ब्याट ड्रेस ) विस्थापन गरी निलो रङको नयाँ पोसाक लागु गर्न लागिएको हो । अहिलेको कम्ब्याट ड्रेस नागरिक मैत्री नभएको र सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको हो । जनतासँग प्रत्यक्ष मिलेर काम गर्नुपर्ने प्रहरीले कम्ब्याट ड्रेस लगाउँदा मैत्रीपूर्ण भन्दा त्रासको भावना फैलने भन्दै प्रहरी प्रधान कार्यालयले गत वर्ष नै पोसाक परिवर्तन निर्णय गरेको थियो । नेपाल प्रहरीमा दुई किसिमका पोसाक प्रयोगमा थिए । वर्किङ ड्रेस अन्तर्गत गाडा निलो रङको पोसाक छ भने अपरेसनमा कम्ब्याट ड्रेस प्रयोग हुँदै आएको थियो । वर्किङ ड्रेस अहिलेकै कायम रहने र कम्ब्याट ड्रेस विस्थापन गर्न लागिएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले बताए । कम्ब्याट ड्रेस सट्टा सादा निलो रङको पोसाक लागु हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:
Write comments