Monday, October 27, 2014
घाँस काटेर फर्केकी महिला माथि प्रहरीले गरे बलात्कार : बलात्कारी प्रहरीको शेयर गरि भण्डाफोर गर्नोस्
कार्तिक-११, बागलुङ ।
सशस्त्र प्रहरीबलका हवल्दारले तिहार बिदामा घर आउँदा यहाँकी महिलालाइ बलात्कार गरेका छन् । देविस्थान ९ का ३१ बषिर्य दिर्घप्रसाद शेरचनले घाँस काटेर फर्केकी स्थानीय महिलालाई कात्तिक ७ गते बेलुकी बलात्कार गरेका हुन् ।
जबरजस्ती लछारपछार पार्दै लडाएपछि बेहोस भएकी उनलाई बलात्कार गरेका थिए । शेरचन चितवनमा कार्यरत छन् ।टाउको र छातीमा घाउ लागेकी ती महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङले पक्राउ गरी शेरचनलाई जिल्ला प्रहरीमा पठाएको छ ।
होसमा आउँदा शेरचनले बलात्कार गरेर भागेका थिए । मैले प्रतिकार गर्दा मार्ने धम्की समेत दिएको थियोु पीडितले भनिन्, बलत्कार गरेर बेहोस भएपछि होस आएपछि सकी नसकी घर पुगें । पीडितका आफन्तले शुक्रबार रातीनै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरीले शेरचनको चप्पल समेत बरामद गरेको छ ।
पीडित महिला टोलाइरहने, डराउने लगायतका लक्षण देखाई रहेकोले महिला विकास कार्यालयले संचालन गरेको अल्पकालिन सेवा केन्द्रले स्वास्थ्य उपचार र कानूनी उपचारको काम थालेको केन्द्रकी कार्यक्रम संयोजक शर्मिला थापाले बताइन् ।
पीडितको धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको छ । केन्द्रले पुनरावेदन अदालत बार इकाइको सहयोगमा शेरचनलाई अदालतमा मुद्दा दिएपछि म्याद थप गरिएको छ । केन्द्रमा बढीमा १५ दिन सम्म उपचार गरी राख्ने व्यवस्था छ । कान्तिपुर
sajhasabal.com/news
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments