चीनको झेजियाङ प्रान्तमा बस्ने एक ब्यक्ति त्यतिबेला अचम्मित भए जव चिकित्सकले उनलाई 'तपाइँ पुरुष होइन महिला हो' भने । पेटमा सामान्य दुखाइ अनुभव हुनुका साथै पिसावमा समेत रगत देखिएपछि उनी चिकित्सकलाई भेट्न गएका थिए ।
४४ वर्षीय चेन नामका ती ब्यक्तिले १० वर्ष अघि विवाह गरेका थिए । पेट दुखेपछि उनी स्थानीय चिकित्सककोमा पुगे र त्यहाँ आएको परिणामले उनलाई चकित तुल्यायो । ४४ वर्ष सम्म पुरुषकोरुपमा रहेका चेनको शरीर महिलाको शरीर भएको निष्कर्षमा चिकित्सकहरु पुगेपछि सबै छक्क परे । चेनको शरीरमा पुरुषको जनेन्द्रीय छ भने उनको बैबाहिक र यौन जीवन पनि सन्तुष्टीपूर्ण रहेको बताउँछन् ।
Monday, October 27, 2014
पुरुष भनिएका ब्यक्ति विवाह गरेको १० वर्ष पछि महिला घोषित
चिकित्सकहरुले पुरा जाँचगरेपछि उनको शरीरमा सबै प्रजनन अंगहरु महिलाको जस्तो रहेको तर लिङ्ग भने पुरुषको रहेको तथ्य पत्ता लगाए । उनलाई पूर्ण महिला र पुरुष दुवै भन्न नसकिने चिकित्सकको भनाइ छ ।
चेनले भने आफूलाई आफू अस्वस्त रहेको अनुभव भैरहेको भएपनि यस्तो कल्पना पनि नगरेको बताए ।
सिटी स्कानबाट चेनको शरीरमा गर्भासय र ओबरी समेत भएको देखिन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-07-28-10-03-43.html#sthash.Bn6KXzU2.dpuf
No comments:
Write comments