Saturday, October 25, 2014
भीषण आक्रमणमा तीसको हत्या भएपछि इजिप्टमा सङ्कटकाल
कायरो, कात्तिक ८ – इजिप्टको सीमा क्षेत्र इजरायल र गाजा स्ट्रीप नजिकैको एक स्थानमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरी प्रहरी र सर्वसाधारण गरी ३० जनाको हत्या भएपछि सो क्षेत्रमा सङ्कटकाल लगाइएको समाचार छ ।
प्राप्त समाचारमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले सो सङ्कटकालको घोषणा गर्नुभएको राजधानी कायरोबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
गएराति अज्ञात व्यक्तिहरुले सो स्थामा आक्रमण गरी तीस जनाको ज्यान लिएका थिए । सो हत्याकाण्डपछि अकस्मात राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाइएको थियो । सो बैठकपछि त्यहाँ सङ्कटकालको घोषणा गरिएको बताइएको छ । साथै सो हत्याकाण्डपछि त्यहाँ शनिबारबाट तीन दिनसम्म राष्ट्रिय शोकको पनि घोषणा गरिएको छ । सो चौकीमा गरिएको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । आक्रमणमा परी अरु करिब २८ जना घाइते पनि भएका बताइएको छ । इजिप्टमा हालैका दिनमा यस्ता हत्या र आक्रमणका घटनामा वृद्धि भइरहेको छ ।
http://www.ratopati.com
No comments:
Write comments