top_rightads

Wednesday, October 1, 2014

काजोल फेरी शाहरुखसँग

 

एजेन्सी ।

बलिउड अभिनेत्री काजोल र अभिनेता शाहरुख खानको अभिनय जोडी बलिउडकै बलियो जोडीमा गनिन्छ । फिल्म 'माई नम इज खान' पछि यो जोडीले कुनै फिल्ममा काम गरेको थिएन । अब यो जोडीलाई दर्शकले पुनः एउटै फिल्ममा काम गर्दे गरेको देख्न पाउने भएका छन् ।
Kajol-in-My-Name-is-Khan-kajol-devgan-21790709-720-479
निर्देशक रोहिट शेट्टी र शाहरुख खानले काजोलसँग सहकार्य गर्ने विषयमा छलपल गरिरहेका छन् । फिल्ममा कोजोललाई काम गराउन दुवै सहमत भएको र यसका लागि काजोललाई प्रस्ताव गर्ने तयारी भएको बताइएको छ ।

शाहरुख र रोहित ले आग्रह गरेपछि काजोलले 'नो' भन्ने प्रश्नै नभएकाले यी दुवईले फिल्म कस्तो बनाउने भन्ने विषयमा छलपल केन्द्रित गरिसकेका छन् । 

फिल्ममा अन्य कलाकारको छनोट कसरी गर्ने भन्ने विषयमा पनि उनीहरुबीच छलफल भइरहेको छ । गायक किशोर कुमार अभिनीत फिल्म 'चल्तीका नाम गाडी' बाट रोहित सेट्टीले बनाउन लागेको फिल्म प्रभावित हुने स्रोतको भनाई छ । यसको स्क्रिप्ट लेखन अघि बढिरहेको बताइएको छ ।

No comments:
Write comments