२०७१ आस्विन १४ मंगलवार राजविराज : दशै मनाउँनका लागि पतिले विदेशबाट पठाइ दिएको रु पैयाँ निकाल्न सदरमुकाम राजविराज जाँदै गरेकी एक महिलाको बसबाट खसेर मंगलबार मृत्यु भएको छ। सप्तरीको पातो-शम्भुनाथ सडक खण्डअन्तर्गत शम्भुनाथ-६ लतियाहीमा बसबाट खस्दा ब्रहमपुर-८ मझौराकी ३६ वर्षीया अनुरागी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पातोबाट राजविराज चल्ने स.१ ख ४४६ नम्बरको छिन्नमस्ता माँ भगवती बसमा बसेकी उनी एक्कासी बसबाट खसेकी थिइन् । सउदी अरबबाट पति श्रवण कुमार मण्डलले पठाएको रु. ४९ हजार आइ.एम.ई.बाट निकाल्न उनी राजविराजका लागि विहान घरबाट प्रस्थान गरेकी थिइन। दशैंका लागि नाबालक तीन छोराछोरीलाई सदरमुकामबाट लत्ता कपडा किन्दै आउने भनी घरबाट निक्लिएकी उनको बाटोमै मृत्यु भएको देवर ओमशंकर मण्डलले बताए। मण्डलले गुडिरहेको बसबाट खलासीले धक्का दिएको आशंका गरेका छन्।
मृतकका काकाससुरा गंगा मण्डलले मृतकको झोलाबाट मोबाइल र नागरिकता समेत हराएको बताएका छन् । बस र चालक नर्घो-८ का ४३ वर्षीय सीताराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेको छ। चाडबाडका बेला सिट नपाएपछि यात्रुहरु कोचाकोच गरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
NOTE :- भिडियो संवेदनशिल भएकोले लुकाईएको छ । हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस .
No comments:
Write comments