top_rightads

Thursday, November 27, 2014

आखिर कसले गरयो स्वच्छ छबी भएका प्रेम बानियामाथि कुठाराघात ? रहस्य खुल्दै

 


काठमाडौं, ११ मंसिर
नेपाली टेलिभिजनको पर्दामा चर्चित पत्रकार प्रेम बानियाँको चरित्र हत्या गरिने गरि सञ्चारमाद्यामले गलत समाचार लेखेपछि उनले गलत समाचार छाप्ने प्रकाशन गृहलाई कारवाहि गर्न माग गरेका छन् । prem-sir-300x225सामन्य पत्रकारिताको नियमभित्र पनि नरहि एसपी सहकुल थापाको फुली थुतेको कपोकल्पित समाचार प्रकाशन गरि अफ्नो चरित्र हत्या गर्ने काम गरेको भन्दै उनले सरकारसँग त्यस्तो छापागृहलाई कारवाहिको माग गरेका हुन् । सेतो परेवासँग कुराकानी गर्दै बानियाँले भने, एउटा पत्रकारले एसपीको फुली कसरी थुत्न सक्छ ? त्यसैले मेरो चरित्र हत्या गर्ने समाचार प्रति म खेद जनाउँछु ।’ यस्तो समाचारले सिङ्गो पत्रकारिता जगतलाई नै असर पार्ने उनको भनाई छ ।



    प्रेमले मेरो फुली थुतेको होइनन्ः एसपी थापा

एक होटलमा भएको घटनाको हवला दिदै प्रकाशित भएको समाचारप्रति चितवनकै प्रहरी प्रमुख सहकुल थापाले समाचारको खण्डन गरेका छन् । सामान्य प्रमाण समेत नभएको समाचारलाई अतिरञ्जनायुक्त बनाएर प्रकाशित गरेकामा बानियाँका प्रशंशक समेत दुखी बनेका छन् ।

फेसबुकका भित्तामा चार हजार बढी उनका प्रशंशकले सहभनुभूति प्रकट गरेका छन् । झण्डै दश बर्ष अघि देखि टेलिभिजनमा र पत्रकारितामा परिचित रहेका बानियाँ र चितवनका प्रहरी प्रमुख सहकुल थापाप्रति लक्षित गरेर आएको यो समाचारमा सत्यता नभएको उक्त दिन सोही ठाउँमा रहेका एक प्रहरीले बताएको छ । पत्रकारिताका साथीहरुले किन बानियाँ प्रति रिस गरे त्यो थाहा भएन एक प्रहरीले भने । त्यसो त बानियाँले फुली ताने भनिएका चितवनका प्रहरी प्रमुखले समेत उक्त कार्य असत्य भएको बताएका छन् । पहिले पहिले त्यो पत्रिकाका मान्छेहरु आएर खुव रक्सी खानु हुन्थ्यो तर अहिले प्रेम सर आउनु भयो । त्यही भएर त्यो पत्रिकाले लेखेको हुनसक्छ ।
चितवनका एक प्रहरीको भनाई थियो । त्यसोत त्यति बेला चितवनका केही पत्रकार पनि सोही स्थानमा थिए । उनीहरुले पनि समाचारमा सत्यता नभएको बताए । पत्रिकामा आए जस्तो समाचार केही पनि भएको होईन । फुलीको कुरा त सरासर गलत हो । चितवनका पत्रकार शन्तकुमार चौधरी भन्छन् । ‘सिभिलमा आएका थापाको फुली कसरी खोस्न सकिन्छ ? त्यसो त बानियाँले पत्रकारिता सुरु गरेको सिन्धुपाल्चोकका सञ्चारकर्मीहरु पनि यो समाचारमा सत्यता देख्दैनन । कपोकल्पित समाचारका कारण आफ्ने चरित्र हत्या भएको भन्दै बानियाँले न्यायको ढोका ढक्ढक्याउने बताएका छन् ।
एजेन्सी

No comments:
Write comments