Friday, October 31, 2014
टेलिकमले एडिएसएलको गति ५० प्रतिशतसम्म बढायो
काठमाडौं । नेपाल टेलिकमले एडिएसएल इन्टरनेटको गति बढाएको छ । उपभोक्ताले पाइरहेको गतिमा करिव ५० प्रतिशत बढाएर उही शुल्कमा सेवा दिइएको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए । उपभोक्ता इन्टरनेट र मोबाइल डाटामा बढी आकर्षित हुन थालेपछि टेलिकमले आफ्नो बजार हिस्सा बढाउन सुविधा बढाएको हो। अहिले टेलिकमले एक सय २८ र दुईसय ५६ केविपिएस गतिको इन्टरनेट चलाइरहेका उपभोक्तालाई ५० प्रतिशत बढी इन्टरनेटको गति थपेर दिइराखेको प्रबन्ध निर्देशक आचार्यले बताए । उनले भने, 'हामीले उपभोक्तालाई अहिलेकै मूल्यमा जुनसुकै प्याकेजमा ५० प्रतिशत इन्टरनेटको गति थप गरेर चलाउन दिइराखेका छौँ ।'
उनले एडिएसएलको अनलिमिटेड र भोल्युम बेस्ड प्याकेज चलाउने दुवैखाले ग्राहकलाई यस्तो सुविधा दिइएको जानकारी दिए । त्यति मात्रै होइन टेलिकमले दशैँ अगाडि नै एक सय ९२ केविपिएसको इन्टरनेट सुविधा दिए पनि ग्राहकलाई अहिलेकै शुल्कमा दुई सय ५६ केविपिएस गतिको इन्टरनेट दिने तयारी गरेको थियो तर टेलिकमका इन्जिनियरहरुले टेलिकममा गैह्र प्राविधिक नियुक्त गरेको भन्दै आन्दोलन चर्काएपछि सो योजना बिचमा नै तुहिएको टेलिकम स्रोतले बतायो । स्रोतका अनुसार एडिएसएलको नयाँ प्याकेजको सबै कागजात तयार भएर नेपाल दूरसञ्चार प्राधिकरणमा स्विकृतको लागि पठाउने अन्तिम तयारी भइसकेको थियो । स्रोतले भन्यो, ' यो योजना घोषणा गर्ने अधिकारको ताला चाबी उनै इन्जिनियरहरुको हातमा थियो । आन्दोलनले त्यसै रोकियो ।'
टेलिकमले ल्याउन लागेको नयाँ योजना अनुसार अहिले एकसय ९२ केविपिएस चलाएका उपभोक्तलाई दुई सय ५६ र तीन सय ८४ केविपिएस गतिमा इन्टरनेट चलाइराखेका ग्राहकलाई पाँच सय ५६ केविपिएसको गतिमा इन्टरनेट चलाउन दिने तयारी गरेको थियो । यसैगरी भोल्युम बेस्ड चलाउने ग्राहकले पनि महिनामा पाइराखेका तोकिएको डाटालाइ थपेर चलाउन दिने तयारी गरेको थियो । टेलिकमले इन्टरनेटको गति बढाए पनि महशुल दरमा भने कुनै हेरफेर नगर्ने जनाएको छ । टेलिकमले दिएको एडिएसएल इन्टरनेट सेवा महशुल शुल्क र इन्टरनेट गतिको आधारमा अरु इन्टरनेट र डाटा सेवा प्रदायक भन्दा सस्तो पर्न जान्छ । यसैगरी टेलिकमले कर्पोरेट प्रयोगकर्तालाई पनि छुट्टै महशुल दरमा सेवा दिने तयारी भइराखेको जनाएको छ ।
धेरै डाटा युज गर्ने ग्राहकलाई पनि सस्तोमा सेवा दिने तयारी भइरहेको आचार्यले बताए । उनले उपभोक्ताले एडिएसएलमा सुधार आइसकेको दाबी गर्दै भने,' ग्राहकलाई प्रत्यक्ष रुपमा फिल मात्रै गरेका छन् । हामीले हल्लाखल्ला गरेका छैनौँ ।' प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइइस रिपोर्ट अनुसार एडिएसएलका एक लाख १४ हजार छ सय ७३ ग्राहक छन् । चाँडै सस्तोमा टेलिकमको इन्टरनेट प्रबन्ध निर्देशक आचार्यले भने, 'इन्टरनेट र डाटामा हामीले म्यासिभ प्याकेजको रुपमा ल्याउने तयारी गरिरहेका छौँ । यसबाट उपभोक्तालाई निकै फाइदा हुन्छ ।' उनले टेलिकमले नयाँ विलिङ सिस्टम बनाइराखेको र यो सिस्टमले काम गर्न थलेपछि उपभोक्ताले अहिले इन्टरनेट सस्तो दरमा चलाउन पाउने बताए । एकिकृत विलिङ प्रणालीबाट विभिन्नखाले प्याकेज ग्राहकलाई दिन सकिन्छ ।
पैसा ट्रान्सफर गर्ने, एउटा टेलिफोन सेटबाट अर्कोमा निशुल्क कुराकानी गर्न पाइने, एउटा सर्भिस लिँदा अर्को कुनै सेवामा छुट दिन सकिने भएकोले यो प्रणाली भित्र्याइएको आचार्य बताउँछन् । उनले भने, 'ग्राहकलाई आकर्षित गर्न यो प्रणाली ल्याउन लागिएको हो । यसले ग्राहकलाई लोभ्याउँछ ।' टेलिकम कर्मचारी हेरफेर टेलिकमले प्रवक्ता गुणकेशरी प्रधान र सह-प्रवक्ता राजेश जोशीलाई सरुवा गरेको छ । व्यापार शाखामा रहेकी प्रधान केन्द्रीय कार्यालय भद्रकालीको मर्मत, सम्भार तथा सञ्चालन विभागमा सरुवा भएकी छिन् । उनी नेपालको पहिलो महिला इन्जिनियर हुन् । यसैगरी जोशी काठमाडौं क्षेत्रीय निर्देशनाल त्रिपुरेश्वरमा सरुवा भएका छन् । यसअघि उनी पनि व्यापार विभागमा नै थिए । प्रधानको स्थानमा उपप्रवन्धक प्रतिभा वैद्य अाएकि छन्, तर उनलार्इ अहिलेसम्म प्रवक्ता भने तोकिएको छैन् ।
www.bizmandu.com
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments