top_rightads

Saturday, October 25, 2014

विद्यार्थीले आलु बेचेर विद्यालयमा कोष स्थापना गरे

 


म्याग्दी, कात्तिक ९, म्याग्दीको चिमखोलास्थित अमर माविका विद्यार्थीले आलु बेचेर विद्यालयमा एक लाखभन्दा बढीको अचल कोष स्थापना गरेका छन् । प्रत्येक वर्ष बर्खे सिजनको आलु भित्र्याएपछि विद्यालयले आयोजना गर्ने ‘कसको आलु ठूलो’ प्रतियोगितामा सहभागी हुन विद्यार्थीले ल्याएको आलु बेचेर कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्न कोषको स्थापना गरिएको हो । विसं २०६८ देखि वार्षिकरुपमा आयोजना गरिँदै आएको कसको आलु ठूलो प्रतियोगितामार्फत कोषमा हालसम्म रु एक लाख १४ हजार ४१५ जम्मा भएको विद्यालयका शिक्षक कर्ण खत्रीले जानकारी दिए ।

प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा ठूलो आलू ल्याउने विद्यार्थीलाई पुरस्कृत पनि गरिने व्यवस्था गरिएको छ । अचल कोषको रकम वृद्धि गर्ने उद्देश्यले तिहारको अवसरमा विद्यालयले सदरमुकाम बेनी, गलेश्वर, पिप्ले र चिमखोलामा देउसीभैलो कार्यक्रम पनि सञ्चालन गरेको छ । जसबाट रु पाँच लाख सङ्कलन गरी कोषमा रकम थप गर्ने लक्ष्य राखिएको विद्यालयले जनाएको छ ।


www.ratopati.com

No comments:
Write comments