top_rightads

Thursday, October 23, 2014

लोकप्रिय गायक प्रमोद खरेलप्रति केकीको जर्बजस्त प्रेम

 

काठमाडौं। लोकप्रिय गायक प्रमोद खरेलका हजारौं फ्यानहरुमध्ये एक नायिका केकी अधिकारी पनि हुन्। केकी वास्तविक जीवनमै प्रमोदको गायकिको फ्यान हुन्। तर प्रमोदद्धारा स्वरबद्ध एउटा गीत धेरैलाई बाँड्दा नपुग्ला मायाको म्युजिक भिडियोमा भनें उनले प्रमोदको जर्बजस्त फ्यान भएको दर्शाउन लोभलाग्दो अभिनय गरेकि छिन्। भिडियोमा हातमै प्रमोद लेखिएको ट्याटुका साथ उनी डाइहार्ट फ्यान भएको अभिव्यक्त गर्छिन। प्रमोदलाई पछ्याउँदै स्टुडियो देखि कर्न्र्सटसम्म उनी धाउँछिन्। अन्तत उनीहरुबीच भिडियोमा प्रेम अंकुरण हुन्छ। तर शहरिया जीवनशैलीमा भर्खर घुलमिल हुदै गर्दा युवतीहरु विचलित भएर साँचो प्रेम विर्सदैं धेरैको बेडसम्म पुग्छन् भन्ने पात्रको रुपमा केकीले अभिनय गरेकि छिन्।


पछि वितृष्णा भएर वैराग्य भावमा उनी प्रमोदसँग माफी माग्छिन् तर केकीलाई पनि साँचो माया गरेका प्रमोद उनको प्रेम स्वीकार्ने नस्विकार्ने दोसाँधमा देखिन्छन्। भिडियोको मुलत कथा यहि नै हो। अमेरिका बस्दै आएकि श्रद्धा अधिकारीको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीतमा बनेको यो गीतलाई धेरै स्रोताले रुचाएका छन्। भिडियोमा प्रमोद र केकीका अतिरिक्त सहज बराल र सुमित ढकालले अभिनय गरेका छन्। हरि हुमागाईको छायाकंन र निशान घिमिरेको सम्पादन रहेको यो म्युजिक भिडियोलाई एकसाता भित्रै हजारौं दर्शकले युट्युब मार्फत हेरिसकेका छन्।


http://www.hamrakura.com

No comments:
Write comments