३० असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले एन्फामा भ्रष्टाचारको पुष्टि गर्न चुनौती दिएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्ष थापाले ५८ करोड होइन, एक रुपैयाँ अनियमितता भएको प्रमाणित गरेर देखाउनुस्, एक मिनेट पनि बस्दिन ।’
प्रारम्भीक छानविनकै भरमा आफूहरुलाई निलम्बन गर्न भनिएको भन्दै उनले तत्काल छानविन निष्कर्षमा पुर्याउन आग्रह गरे ।
तत्काल छानविन थाले बढीमा सात दिनमा नै निष्कर्ष निकाल्न सक्ने भन्दै उनले भने-‘भोलि नै अख्तियारलाई छानविनका लागि जिम्मा दिएहुन्छ । यो ठाउँमा भ्रष्टाचार छ भन्ने आयो भने म राजीनामा दिन तयार छु ।’ छानविनमा पूर्ण सहयोग गर्ने समेत उनले बताए ।
लेखा समितिको निर्णय आफूहरु मान्ने भएपनि आफूहरु अन्यायमा परेको उनले बताए । उनले भने-‘सार्वभौमसत्ताका नाममा हामीलाई अपमानित गर्ने काम भो । फुटबललाई तहस नहस गर्ने प्रयास भयो ।’
एन्फा अध्यक्ष थापाले अनियमिताको प्रमाणित भए आफूहरुमाथि भ्रष्टाचारको आरोप लगाउने एन्फाका चार पदाधिकारी पनि दोषी हुने बताए । व्यक्तिगत महत्वकांक्षा पूरा गर्न नेपाली फुटबललाई तहसनहस पार्न खोजिएको भन्दै थापाले लेखा समितिमा उजुरी दिने एन्फा पदाधिकारीलाई आजीवन क्षमा नदिने बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान लगायतले आफूहरुले गरेको कमजोरी देखाउन आग्रह गरे ।
No comments:
Write comments