Friday, October 17, 2014
अन्डरवर्ल्डको धम्कीपछि साहरुखले किने वमप्रुफ कार
बलिउडका केही कलाकारलाई यतिबेला अन्डरवल्र्डले धम्की दिइरहेको छ । अन्डरवर्ल्डका रवी पुजारीले साहरुख खानका साथी अली मोरानीको घर बाहिर केही महिना अगाडि फाइरिड गरेका थिए । यसलगतै साहरुखको रेड चिल्ली कम्पनीमा धम्कीसहित फोन आएको थियो । यही कुरालाई मध्यनजर राख्दै साहरुखले नयाँ कार किनेका छन् । यो कारमा यदि कसैले बम हमला गर्छ भने, भित्र बसेका मानिसलाई केही पनि असर गर्दैन । बमपु्रफ यो कार किनेसागै साहरुखले आफ्नो सुरक्षा बढाएका छन् । यो कार बमपु्रफ मात्र नभई मर्सिडिजको विकसित मोडल पनि हो । यो कार भीभीआइपीका लागि मात्र तयार गरिन्छ । यो मोडलको कार भारतका केही चुनिएका व्यक्तीसाग मात्र छ । साहरुखले निर्माण तथा अभिनय गरेको चलचित्र ह्याप्पी न्यू इयर आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments