फिलाडेल्फिया, कार्तिक ४ – ह्वाइट हाउसका पूर्व इन्टर्न मोनिका लेविन्स्की, जो पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगको अफेयरका कारण चर्चामा रहेकी थिइन्, १३ वर्षपछि पहिलोपटक सार्वजनिक समारोहमा देखापरेकी छिन् ।
यसको साथै उनले समाजिक सञ्जाल ट्वीटरमा पनि आफ्नो एकाउण्ट खोलेकी छिन् ।
फोर्बस पत्रिकाले अमेरिकाको फिलाडेल्फियामा आयोजनाको ३० वर्ष मुनिकाको सम्मेलनमा उनले निकै भावुक हुँदै सन् १९९८ मा क्लिन्टनसँगको सेक्स स्क्याण्डलको बारेमा स्मरण गरेकी थिइन् ।
क्लिन्टनसँग प्रेममा परेपछि आफू इन्टरनेटमा साइबर बुलिङको सिकार बनेको बताउँदै उनले भनिन्, ‘इन्टरनेटबाट जीवन बर्बाद पारिएको पहिलो मानिस सायद म नै हो ।’ उक्त कार्यक्रममा उनले अनलाइन बुलिङको विरुद्धमा अभियान चलाउने समेत बताइन् ।
४१ वर्षीय लेविन्स्कीले भनिन्, ‘त्यतिबेला फेसबुक, ट्वीटर वा इन्स्टाग्राम थिएन । केवल वेभसाइट र इमेल थियो । तर पनि यो समाचार भाइरल भएर फैलियो । एकले अर्कालाई इमेल फरवार्ड गरियो ।’ त्यही पहिलो पटक ‘सामाजिक सञ्जाल’ देखिएको उनले बताइन् ।
सन् २०१० मा एक १८ वर्षीय युवकले अर्को पुरुषलाई चुम्बन गरिरहेको भिडियो अर्काले लुकेर खिचेर समाजिक सञ्जालमा राखेपछि आत्महत्या गर्नुपरेको घटना पढेपछि उनमा साइबर बुलिङविरुद्ध लड्ने प्रेरणा आएको बताइन् ।
ट्वीटर एकाउण्ट खोल्दै उनले आफूलाई समाजिक अभियानकर्ता, सार्वजनिकवक्ता आदि भनेर परिचय दिएकी छिन् ।
समाचार तयार पार्दासम्म ट्वीटरमा उनलाई ५० हजारभन्दा बढीले फलो गरिसकेका छन् ।
http://www.ratopati.com/2014/10/21/
No comments:
Write comments