top_rightads

Tuesday, October 21, 2014

कम दाममा गुणस्तरीय मोबाइलः कलर्सको एक्स एट्टिन हिरो बजारमा

 

काठमाडौं, कार्तिक ४ – कलर्स मोवाइलले पछिल्लो समय ख्याति कमाईरहेका एण्ड्रोइड भर्सनको आकर्षक र अत्याधिक फिचर्स भएको एक्स एट्टिन हिरो नामक मोवाईल सेट नपाली बजारमा ल्याएको छ । ३.५ ईन्चको आकर्षक एच.भी.जि.ए स्क्रिन भएको यो सेटमा शक्तिशाली १.३ गिगा हर्ज प्रोसेसरका साथै वाई फाई र जि सेन्सर रहेको छ । पछिल्लो समयको निकै ख्याति कमाई रहेको आफु तिर फोटो खिच्न मिल्ने ०.३ भि.जि.ए को र २ मेगा पिक्सेलको क्यामेरा भएको यो मोवाईल सेटमा १३ सय एमएएचको ब्याट्री व्याकअप रहेको छ जसले लामो समयसम्म ब्याट्री टिक्दछ ।   एक्स एट्टिन मोवाईल विशेष गरि उचित मुल्यमा गुणस्तरिय मोवाईल रुचाउने ग्राहको लागि विशेष उपयोग हुने छ । शानदार डिजाईन र मोवाईलमा हुने सम्पुर्ण विशेषताहरु भएको यो सेट उपभोक्ताहरुले आफ्नैे बजेटमा प्राप्त गर्न सक्नुहुनेछ । यो सेटको बजार मुल्य रु ४ हजार, ९ सय पञ्चान्नब्बे रहेको छ ।     कलर्स मोवाईल नेपालमा सर्वाधिक छिटो विक्री हुने मोवाईल व्राण्ड हो जसलाई टेलिटक प्रा.लि ले नेपाली बजारमा ल्याएको हो ।

http://www.ratopati.com/2014/10

No comments:
Write comments