top_rightads

Saturday, October 25, 2014

अजय देवगनको 'एक्सन ज्याक्सन' को ट्रेलर सार्वजनिक (भिडियो सहित)

 


 बलिउड सिंघम हिरो अजय देवगानको नयाँ फिल्म 'एक्सन ज्याक्सन' को ट्रेलर सार्वजनिक गरिएको छ । प्रभु देवा निर्देशित फूल एक्सन फिल्ममा अजय देवगान सहित सोनाक्षी सिन्हा, यमी गौतम र मनस्वी ममगाईको मुख्य भूमिका रहेको छ ।


फिल्ममा मनस्वी ममगाई नयाँ अनुहार हुन् । उनी सन् २०१० मा फेमिना मिस इन्डियाकी विजेता हुन् भने अर्की यमी गौतम 'बिक्की डोनर' बाटै बलिवुडमा नाम दर्ता गराई सकेकी अभिनेत्री हुन् । बाबा फिल्म प्रोडक्सन र इरोज इन्टरनेशनलको प्रस्तुती रहेको यो फिल्म ५ डिसेम्बरमा रिलिज हुने बताइएको छ । हेर्नुहोस् फिल्म 'एक्सन ज्याक्सन' को ट्रेलरः

No comments:
Write comments