बलिउड अभिनेता ऋतिक रोशनले प्रियंकालाई काखमै लिए त्यो पनि जोन अब्राहम र अभिषेक बच्चनसँगै रहेको बेला ।
खासमा ऋतिकले प्रियंकालाई कुनै रोमान्स सिनका लागि भन्दा पनि आइतबार देखि भारतमा शुरु भएको इण्डियन सुपरलिग फुटवल (आईएसएल) को उद्घाटन कार्यक्रममा प्रदर्शन गर्ने क्रममा प्रियंकालाई काखमा लिएका हुन् ।
आइतबार देखि शुरु भएको कोलकाताको साल्ट लेक स्टेडियममा आईएसएल भारतमा शुरु भएको पहिलो फुटवल लिग हो ।
भव्य समारोहमा भारतकी सबैभन्दा धनी घरानाकी महिला मुकेश अम्बानीकी पत्नी नीता अम्बानीले आईएसएलको अध्यक्षकोरुपमा समारोहको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी मुख्य अतिथि थिइन् ।
त्यसैगरी मुकेश अम्बानी, अमिताभ बच्चन, अभिषेक बच्चन, हृतिक रोशन, रणबीर कपूर, सचिन तेंदुलकर, किङ अफ कोलकाता सौरव गांगुली सहित बलीउड, खेल जगतका चर्चित हस्ती थिए ।
कार्यक्रममा प्रियंका चोपडा ऋतिक रोशन लगायतका कलाकारले निक्कै रोमान्टिक माहौल बनाएका थिए ।
एजेन्सी
No comments:
Write comments