top_rightads

Thursday, November 6, 2014

गिनिज बुकको वार्षिक उत्सवमा संसारकै होचा र अग्ला मानिसको भेट हुने

 




गिनिज बुकको ६० औं वार्षिक उत्सवको दिन संसारकै होचा र अग्ला मानिसको भेट हुने भएको छ ।

आउँने नोभेम्बर १३ तारिखमा लण्डनमा आयोजना हुने कार्यक्रममा संसारकै होचा मानिस नेपालका चन्द्रबहादुर डाँगी र अग्ला मानिस टर्कीका सुल्तान कोसेको भेट हुने भएको हो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपालका डाँगीेको उचाई २२ इञ्च (५६ सेमी) छ भने उनको वजन १२ किलो छ । उनी ७२ वर्षको उमेरमा बिश्व इतिहासमै सबै भन्दा होचा व्यक्ति घोषित भएका थिए । सल्यानको रामपुर गा.वि.स.मा जन्मिएका चन्द्रबहादुरले २०६६ सालमा मात्रै नागरिकता लिएका हुन् ।

विश्वकै अग्ला व्यक्ति सुल्तानको उचाइ ८ फिट एक इन्च छ ।

कार्यक्रममा यी दुईबाहेक अन्य सयौैं रेकर्डधारी लण्डनमा उपस्थीत हुनेछन् । यो बर्ष रेकर्ड राखेका र अन्य चर्चित रेकर्डधारीको जमघट हुने बताइएको छ ।

http://dcnepal.com

No comments:
Write comments