Tuesday, November 18, 2014
बहिनीको बिहेमा सलमान विरुद्ध नारावाजी
मुम्बई । बलिउडका चिर परिचित प्रतिद्वन्द्वी सलमान खान र शाहरुख खानले फेरि एकपटक अंगालो बाँधेका छन् ।
करिव ६ वर्ष बोलचाल बन्द गरेर बसेका यी दुई खानले अघिल्लो बर्ष गरेको अंकमाललाई धेरैले मिडिया स्टन्ड ठानेका थिए । तर, यसपटक उनीहरुले त्योभन्दा एक कदमअघि बढेर मित्रताको सन्देश दिएका छन् ।
सलमानकी बहिनी अर्पिता खानको बिबाहअघिको संगीत समारोहमा पुगेका शाहरुखले सलमानकी बहिनी अर्पितालाई चुम्बन गर्दै सलमानसँग अंकमाल गरे । सलमान र शाहरुख दुवैले एकैपटक अर्पितालाई चुम्दै गरेको तस्वीर यतिबेला इन्टरनेटमा भाइरल बनिरहेको छ । यो तस्वीर अर्पिताले पहिलोपटक आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।
कुनै बेलाका असल मित्र थिए सलमान र शाहरुख । सलमानकी बहिनी अर्पितालाई शाहरुखले निकै माया गर्दथे पनि । अर्पिता आफ्नै काखमा हुर्किएको भन्दै शाहरुख उनको बिबाह समारोहमा सहभागी भएका हुन् । उनको बिबाह आयुश शर्मासँग मंगलवार हैदराबादमा हुँदैछ भने रिसेप्सन नोभेम्बर २१ मा मुम्बईमा हुनेछ ।
बहिनीको बिहेमा बुहारीसँग नाच्दै सलमान
अर्पिताको बिबाहलार्इ भब्य बनाउन सलमानले बुहारी मलाइका अरोरासँग नृत्य गर्ने भएका छन् । मंगलवार सम्पन्न हुने बिवाहलाई भब्य बनाउनकै लागि खान खान्दानले आफन्तहरुलार्इ निम्ता गरिसकेका छन् ।
वैवाहिक कार्यक्रमलाई रोचक बनाउनका लागि सलमान र मलाइकाका अतिरिक्त प्रसिद्ध नृत्य निर्देशक हेलेनको समेत विशेष प्रस्तुति रहने छ ।
नृत्यको कोरियोग्राफीका लागि निम्त्याइएकी हेलेन आफैले पनि नृत्य गर्ने भए पनि कुन गीतमा नृत्य गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । मलाइका र सलमानले भने आफ्ना केही चर्चित गीतमा नृत्य गर्ने भएका छन् ।
सलमान विरुद्ध नारावाजी
अभिनेता सलमान खानकी बहिनी अर्पिता खानको आज मंगलवार विवाह हुँदैछ । ब्यबसायी आयुष शर्मासँग हुन लागेको बिबाहलाई भब्य बनाउन खान परिवारले फिल्म क्षेत्रका विभिन्न हस्तीहरुलाई निमन्त्रणा गरेका छन् । विवाहमा तीनसय पाहुना उपस्थित हुने भएका छन् ।
हैदरावादको फलकनु प्यालेस होटलमा आयोजित बैबाहिक समारोहलाई भब्य बनाउन खान परिवारले १८ र १९ नोभेम्बरका लागि सिंगै होटल बुक गरेका छन् । बहिनीको बिबाहमा सलमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत निम्ता गरेका थिए । तर,मोदी आउने सम्भावना छैन ।
होटलमा बैबाहिक कार्यक्रम सुरु भएको केही बेरमै होटलबाहिर केही सर्वसाधारणले सलमान बिरुद्ध ‘मुम्बइ वापस जाओ’ भन्दै नारा लगाएका छन् । एक वर्ष अगाडी सलमानले धार्मिक भावनामा चोट पुर्याएको आरोप उनीमाथी लागेको थियो । अहिले केही मान्छेहरुले त्यहि प्रसंगलाई मुद्दा बनाएर नारा लगाएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।
www.onlinekhabar.com/2014/11/207543/#sthash.QrURT73n.dpuf
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments