top_rightads

Tuesday, November 18, 2014

आखिर किन भयो भारतलाई नख्खु जेलको त्रास

 



काठमाडौं । सार्कको १८ औं शिखर सम्मेलन नजिकिँदै जाँदा छिमेकी मुलुक भारतले आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डलको सुरक्षामा नख्खु काराकागारका कैदीबाट खतरा रहेको जानकारी नेपाल सरकारलाई गराएको छ । सरकारले पनि नख्खुसहितका जेलमा सुरक्षा सतर्कता बढाएको छ ।

सुरक्षा खतराको पहिचान गरी हामीले सबै ठाउँमा निगरानी बढाएका छौं,’गृह मन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकालले भने,‘नख्खु जेल मात्र होइन,सम्भावित सबै ठाउँमा सुरक्षा सतर्कता बढाइएको छ ।’
नख्खुमा नक्कली भारतीय नोटको कारोबारको अभियोग खेपेका युनुस अन्सारी र केही पाकिस्तानी नागरिकले जेलबाहिर सञ्जाल विस्तार गरेको र उनीहरुबाट भारतविरोधी गतिविधि भइरहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले सरकारको ध्यानाकर्षण गराएको हो । स्रोतका अनुसार भारतीय गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ)तथा केही समयअघि फर्केको एड्भान्स टोलीले भारतीय उच्चस्तरीय प्रतिनिधि मण्डलका लागि सम्भावित सुरक्षा चुनौतीबारे नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरीका उच्च निकायलाई जानकारी गराएको नयाँ पत्रिकामा समाचार छ ।

No comments:
Write comments