top_rightads

Thursday, November 6, 2014

टेलिकमका नक्कली रिचार्ज कार्डको बिगबिगी : कसरि चिन्ने त ? थाहा पाउनुहोस

 



                            nepal telecom

अछाम, कात्तिक २० – अछाममा नेपाल टेलिकमका नक्कली रिचार्ज कार्ड बिक्री वितरण हुने गरेका छन् ।

जिल्लाका व्यापारिक केन्द्रमा रहेका डिलरबाट नमस्तेको रु १०० को नक्कली रिचार्ज कार्ड बिक्री हुने गरेको पाइएको हो ।


जिल्ला सदरमुकाममा रहेको एक डिलरबाट तीन हजारका रिचार्ज कार्ड लिएको र आफूले रिचार्ज गर्दा नभएको अछामको चालसा गाविसका जीवन थापाले बताए ।

बजारमा आएका नक्कली रिचार्ज कार्डको मारमा आफू परेको रानीवन गाविसका अम्मर न्यौपानेले बताए । यस्तै जिल्लाको कुईका गाविसका लोकराज ढकालले स्थानीय बजारमा आफूले खरिद गरेको दुईवटा नमस्तेको रिचार्जकार्ड रिचार्ज नभएको नेपाल टेलिकमको सर्भिस सेन्टरमा सोध्दा उक्त रिचार्ज कार्ड नम्बर नरहेको र स्थानीय डिलरमा लैजान भनेकाले आफू डिलरमा जाँदा रिचार्ज फिर्ता नपाएको बताएका छन् ।


यस्तै मङ्गलसैन नगरपालिका–६ का देवराज भण्डारीले र विनायकका रामबहादुर रावतले खरिद गरेको रिचार्ज कार्ड पनि यस्तै भएको थियो । जिल्लामा बिक्री वितरण भएर उपभोक्ता ठगिँदा पनि नेपाल टेलिकमले भने आँखा चिम्लेर बसिरहेको छ । यसबारे नेपाल टेलिकमको शाखा कार्यालयलाई भने जानकारी नभएको बताइएको छ ।


www.ratopati.com

No comments:
Write comments