top_rightads

Tuesday, November 11, 2014

एउटा रुद्राक्षको बोटबाटै १२ लाख कमाई

 



संखुवासभा,कात्तिक २६ – एउटै रुखबाट १२ लाख आम्दानी हुन्छ ?हुँदोरहेछ । सदरमुकाम खाँदबारीनजिकैको गाउँमा एउटा रुद्राक्षको बोटबाटै १२ लाख कमाई भएको छ । ढुंगेधाराका किसान लक्ष्मीबहादुर श्रेष्ठले एउटै बोटबाट यतिधेरै रकम आम्दानी गरेका हुन् । कण्ठे भनिने ५ मुखे रुद्राक्ष बेचेर उनले एउटै बोटबाट १२ लाख ११ हजार जम्मा गरेको बताए । ३ वर्षअघिदेखि फल्न थालेको यो बोटको सबै रुद्राक्ष एकनासको र बोक्रा नखोलिकनै उनले राम्रो आम्दानी गरेका छन् । यो बोटमा १ हजार ३ सय रुद्राक्षका दाना फलेका थिए,दिपेन्द्र शाक्यले संखवासभाबाट कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।


 http://www.ratopati.com/2014/11/12/181679.html#sthash.QA8JItKt.rTLY0UtJ.dpuf

No comments:
Write comments