१८ औं सार्क सम्मेलनको आयोजक राष्ट्र नेपालले काठमाडौंलाई सफा र सुन्दर बनाउने भन्दै सडक पेटीमा बस्ने कुकुरहरुलाई सडकबाट हटाई जंगलमा लगेर छाड्ने निर्णय गरेको छ । जसको एनिमल नेपालको तर्फबाट डाइरेक्टर उत्तम काफ्लेले मंगलबार एक विज्ञप्ती निकालेर विरोध गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘सहरलाई सुन्दर बनाउने नाममा सडक पेटीका कुकुरहरुलाई उठाएर अन्य स्थानमा लैजाने गलत निर्णय एकदमै दुःखदायी छ ।’
‘सडक पेटी, पसल तथा चोक गल्ली आदिमा बस्दै आएका कुकुरहरु हाम्रो शहरको यर्थाथता हो र यो कुरा कोहि कसैसंग छुपाउनु पर्ने आवश्यकता पनि देखिदैन । उक्त कुकुरहरुलाई उनीहरुको तत्कालीन स्थान बाट उठाएर अन्य स्थान, विषेश गरि जंगल आसपासका स्थानमा लैजादा निम्तने अवस्था कसैले ख्याल नगरेको पाइयो ।
पशुअधिकारका निम्ति स्वर मच्चाउने अन्य संघसंस्था तथा व्यक्तिहरुले पनि सडक कुकुरहरुको यस्तो हरिबिजोगको वैकल्पिक व्यवस्थापनको उपायको बारेमा विमर्श गर्नु र निर्णय बदल्न सरकारलाई दबाब सिर्जना गर्न जरुरी छ ।
www.ratopati.com
No comments:
Write comments