एनसेलले कोका–कोला नेपाली तारा ३ का लागि सम्भवतः संसारकै सबैभन्दा पहिलो मोबाइल अडिसन आयोजना गर्ने भएको छ।
त्यसपछि प्रतियोगीहरुले एउटा ५ अङ्कको कोड प्राप्त गर्नेछन्। त्यसपछि प्रतियोगीहरुले आफूलाई गाउन मन लागेको गीतको नम्बर डायल गर्नुपर्नेछ (छाएछ वसन्त का लागि ९८०११५३६१०, जहाँ छन् बुद्धका आँखाका लागि ९८०११५३६११, मेरो प्यारो मान्छे तिमीका लागि ९८०११५३६१२ र परेलीमा का लागि ९८०११५३६१३) र धुन बजेपछि आफनो गीत रेकर्ड गर्नुपर्नेछ। मोबाइल अडिसनमा उत्कृष्ट रहेका प्रतियोगीहरुको अडिसन लिइनेछ र यसबाट सर्वोत्कृष्ट रहेका २ प्रतियोगीहरुले प्रतियोगीताको अन्तिम २० प्रतियोगीहरुसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।
यो अवसर एन.सेल. प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। प्रतियोगिताका जजहरु वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकालले यस मोबाइल अडिसनका लागि आफु निकै उत्साहित रहेको बताए। “यस्तो मोबाइल अडिसन सायद सांगीतिक रियालिटि सो मा पहिलो पटक हुन गइरहेको छ र यसका लागि हामी निकै उत्साहित छौँ। मोबाइल अडिसन गर्नु हाम्रो लागि पनि एउटा चुनौती हो, तर हामीलाई बिश्वास छ कि यसले प्रतियोगीतामा एउटा नयाँ उत्साह थप्नेछ र प्रतियोगीताका अन्तिम २० प्रतियोगीहरुलाई अझै प्रतिस्पर्धात्मक भावमा ल्याउनेछ,” वरिष्ठ संगित निर्देशक तथा प्रतियोगिताका जज प्रकाश गुरुङले भने।
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले ११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्। कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन्। २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन्। अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन्।
Setopati |
No comments:
Write comments