भारत हरियाणाका आस मोहम्मदले आफ्नी श्रीमतीलाई साढे तीन हजार रुपैयामा किनेका थिए ।
यो मूल्य गाईको मूल्य भन्दा कम छ । तर मोहम्मदलाई कुनै अपसोच छैन ।‘मेरी श्रीमतीको मूल्य एउटा गाईको भन्दा पनि कम छ तर यदि मेरा छोराहरुले दुलही पाइ“न भने म बुहारी पनि किन्नेछु, ’ उनले भने ।
किनेर ल्याएका श्रीमतीहरु घरमा दासजस्तो भएर बाच्न बाध्य भएको एक महिलाले बताइन् ।भारतका कतिपय स्थानमा श्रीमती किनेर ल्याउने प्रथा अझै जारी रहेको छ ।
साथै, बालबिधवा बनेका महिलालाई आफ्नै देवर र ससुराले जर्बजस्ती गर्ने गरेको महिलाहरुले गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ । एजेन्सी
No comments:
Write comments