top_rightads

Thursday, November 6, 2014

यौन चाहनामा कमी, कारण यो त होइन ?

 

यदि तपाई यौन क्षमतामा कमी महशुस गरिरहनु भएको छ भने एक पटक आफ्नो घरमा रहेका वस्तुहरुमा ध्यान दिनुस् । घरमा सरसफाईमा प्रयोग हुने केमिकल वा निकै कोमल खेलौनापनि यौन क्षमताका कमी ल्याउन जिम्मेवार हुन सक्छ।


अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेडिसन –एएसआरएम) ले गरेको अध्ययन अनुसार त्यस्ता वस्तुहरुले यौन जीवनमा नराम्रो असर पार्ने गर्दछ । यस्तै प्रकारको केमिकलको प्रयोग रबरबाट बनेको खेलौना र खानेपिउने कुरा प्याकिङ गर्ने वस्तुमा पनि हुने गर्दछ ।

रबर वा प्लास्टिकबाट बनेको खेलौना वा यस्तै अनय वस्तुलाई बढी कोमल बनाउनका लागि Phthalates नामको केमिकल प्रयोग गरिन्छ। यसबाट महिलाको प्रजनन क्षमतामा नराम्रो असार पार्ने गर्दछ । यो कुरा पहिलाबाटै स्पष्ट भइसकेको छ कि यो केमिकलले पुरुषको यौन क्षमतामा पनि गम्भीर नोक्सानी पुराउनेगर्दछ ।

Phthalates ले शरीरभित्र हर्मोनमा गडबडी उत्पन्न गराउछ । यो टेस्टोस्टेरनका साथै अस्टोजेन हर्मोनलाई पनि प्रभावित गर्दछ । जसबाट महिला वा पुरुषको प्रजनन क्षमता प्रभावित हुनेगर्दछ । एजेन्सी

No comments:
Write comments