अख्तियारले रंगेहात पक्राउ गरेका नायव सुब्वा हरिवंश कार्कीकी श्रीमतिको सुराकीमा अर्का भन्सार सुब्वा ५१ लाख नगद सहित पक्राउ परेका छन् । हरिवंशकी श्रीमती लक्ष्मी लम्सालले सुराकी गरेपछि भन्सारका अर्का सुब्वा सुरेश थपलिया पक्राउ परेका हुन् । सुन तस्करी काण्डका भारतीय अभियुक्तसँग ७२ लाख लेनदेन गरि उनीहरुलाई छोड्ने योजना बनाईरहेका बेला अख्तियारले ६ जनालाई पक्राउ गरेको छ । अख्तियार टोलीले शुक्रवार साँझ नासु कार्कीसहित दुई भन्सार एजेन्ट र एक सवारीचालकलाई २१ लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो । अख्तियारले ६ अभियुक्त सहित लक्ष्मीलाई पनि नियन्त्रणमा लिएको थियो । अख्तियारको नियन्त्रणमा रहेकी लक्ष्मीले सवै पोल खोलेपछि थपलिया पनि पक्राउ परेका हुन् ।
घूस लिने क्रममा प्रयोग भएको बा ६ च ७८७४ नम्बरको सरकारी स्कोर्पियो गाडी र एजेन्टहरुले प्रयोग गरेको बा १० च ४०७५ नम्बरको गाडी टोलीले बरामद थियो । सवारी चालक पुरुषोत्तम थापालाई पनि अख्तियारले हिरासतमा लिएको छ ।
No comments:
Write comments