top_rightads

Monday, November 24, 2014

तपाईको मस्तिष्क कति स्वस्थ छ अब आँखाबाट थाहा हुन्छ

 



आँखा मस्तिकलाई चियाउने झ्याल हो । यसो भन्दा फरक नपर्ला । साइकोलोजिकल साइन्समा छापिएको एउटा अनुसन्धान रिपोर्टले यसै भन्छ । त्यस अनुसन्धानबाट पत्ता लागेअनुसार आँखापछाडि हुने साना नसाहरुले तपाईको मस्तिष्क कतिको स्वस्थ छ भन्ने कुरा बताउने छ ।eye and brain
उक्त अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार आँखापछाडि लामा नसा हुनेहरुको सामान्य ज्ञान अधवैंशे उमेर पुग्दा कमजोर हुने गर्छ । यस्तो अवस्था हुनुको लागि कतिपय मानिसहरु धूमपान, डाइविटिज तथा आर्थिक सामाजिक अवस्थाहरुलाई दोष दिएर उम्कने गर्छन् । तर सो अनुसन्धानका नेतृत्वकर्ता डा. इडान सालेभका अनुसार त्यो कुरा सत्य होइन । सत्य के हो भने, त्यसको जिम्मेवार उनीहरुको आँखापछाडिको नसा लामो हुनु नै हो ।
उनका अनुसार, आँखाको नसाहरुले मानिसको मस्तिष्कको अवस्थालाई प्रतिबिम्बित गर्ने गर्छ किनभने मस्तिष्कका नसा र आँखाका नसाहरुको आकार, बनौट र कार्यशैली एकै किसिमको हुने गर्छ । डा. सालेभ भन्छन्, ‘आँखाका नसाहरु ठीक त्यही कोषहरुबाट बनेका हुन्छन्, जुन कोषहरुबाट मस्तिष्कका नसाहरु पनि बनेका हुन्छन् ।’
यसभन्दा अगाडि गरिएका अन्य अध्ययनहरुले आँखाका नसाहरुका आकार मतिभ्रम (dementia), मुटुसम्बन्धी रोगहरु र हृदयघात जस्ता समस्याहरुसँग सम्बन्ध हुने गरेको देखाएको थियो । तर ती अध्ययनहरु बुढौली उमेरका मानिसहरुका गरिएको थियो । डा. सालेभको टोलीले गरेको अध्ययनले चाहिँ आँखाको नसाको अवस्थाले युवावस्था र वाल्यावस्थाका मानिसहरुको मस्तिष्कको अवस्थालाई प्रतिबिम्बित गर्ने देखाएको थियो ।
यो अध्ययनले मानिसको आँखाका नसाहरुको अध्ययनबाट उसको मस्तिष्कको अवस्था मात्र हैन, सम्भाव्य मुटुसम्बन्धी रोगहरुका बारेमा पनि बेलैमा थाहा पाउन सकिने कुरा अनुसन्धानकर्ताहरुले बताएका छन् ।
स्रोतः www.menshealth.com 

No comments:
Write comments