top_rightads

Monday, November 10, 2014

कामुक बिचार हुने महिलाले अनुभव गर्छन् चरम सन्तुष्टी

 

एक अध्यनले यौन सम्बन्धको समयमा चरम आनन्दमा पुग्न कठिन हुने महिलाले मनमा कामूक विचार ल्याउँदा त्यसले आनन्द बढाउन सहयोग पुग्ने देखाएको छ ।
शोधकर्ताहरुले सहजै चरमोत्कर्षमा पुग्ने र सहजै नपुग्ने महिलामा यो अध्यन गरेका थिए । उनीहरुको अध्यनमा चरमोत्कर्षमा पुग्ने महिलाले यौन क्रिडाको समयमा यस्तो अनुभव नगर्ने महिलाको तुलनामा बढी कामूक बिचार मनमा ल्याउने गरेको पाहियो ।
यो अध्यन १८ देखि ६७ वर्षका २ सय ५१ महिलामा गरिएको थियो । अध्यनको क्रममा सबै महिलालाई रतिक्रिडाको समयमा उनको बिचार भावना र स्वाभावको विषयमा सोधिएको थियो ।
यो अध्यनपछि अनुसन्धानकर्ताहरु सहजै चरमोत्कर्षमा नपुग्ने महिलाहरुको मनमा कामूक विचार नै नआउने देखियो । महिलाहरुले मनमा कामुक विचार पैदा गरेमा उनीहरुमा सहजै चरम सन्तुष्टी हुने पनि अध्यनको निष्कर्ष छ ।
सन्तुष्टी नहुने महिलाहरुले यौन सम्बन्धको समयमा पनि अन्य विचार आउने पाहियो । बेल्जियमको युनिभर्सिटी अफ लाउवेनका प्राध्यापक पास्कर डे सुटरले महिलालाई कामूक विचारले नै चरमोत्कर्षमा पुग्न सहयोग पुग्ने गरेको बताए । खासमा अन्य कुरामा ध्यान दिँदा यो सन्तुष्टि नहुने उनको भनाइ छ ।
यो अध्यन 'सेक्सोलोजिज' मा प्रकाशित छ ।

No comments:
Write comments