अब हृतिक रोशन र सुजैन खानबीच कानुनी रूपमै सम्बन्ध विच्छेद भएको छ । केही महिनाअघि यो जोडीको अप्रत्यासित रूपमा डिभोर्सको खबर बाहिरिएको थियो । बच्चैदेखिका साथी उनीहरूले प्रेमपछि विवाह गरेका थिए । दुनियाँको नजरमा रोल मोडल रहेको उक्त जोडीले १७ वर्षदेखिको रिलेसनसिपलाई टुक्राउला भनेर सायदै कसैले चिताएको थियो । डिभोर्सको खबरलाई दुवैले स्वीकार गरे पनि कारण भने खुलाउन चाहेनन् । हृतिक पनि र सुजैन पनि तैं चुप मै चुप गरेर बसेपछि मिडियाले विभिन्न अड्कलबाजी गर्दै समाचारको खोलो नै बगाए ।
दुईको विच्छेदको भुमरीमा अर्का नायक अर्जुन रामपाल पनि मिसिए । रोशन परिवारसँग निकटको सम्बन्ध राख्ने अर्जुन नै डिभोर्सको कारक रहेको हुन सक्ने अनुमानित खबर बाहिरिएपछि अर्जुनले औपचारिक रूपमै आफ्नो हात नरहेको स्टेटमेन्ट दिनुपरेको थियो । तर डिभोर्सको फाइल अदालतमा पेस भई सकेर दुवै अलगअलग बस्न थालेपछि सुजैन क्यामेरामा आकक्लझुक्कल अर्जुनसँग देखिन थालेपछि शंका गर्नेलाई थप बल पुगेको थियो । कारण त आखिर दुवैले खोल्न चाहेनन् ।
तर सम्बन्ध विच्छेदको कानुनी अड्चन भने बल्भिmरहेको थियो । सुजैनले आफ्नो भरणपोषणका लागि पूर्वपतिसँग एक सय करोड भारु मागेको तर हृतिकले त्यतिका रकम दिन नसक्ने बताएपछि कुरा नमिलेको खबर बाहिरिएको थियो । तर शनिबार बान्द्रा कोर्टले दुवैलाई औपचारिक रूपमै डिभोर्स गराइदिएपछि सबै शंका सेलाएका छन् । डिभोर्सपछि वकिल दीपेश मेहताले भने, 'उनीहरू अब कानुनतः पनि अलग्गिएका छन् । आज -शनिबार) बिहान साढे दस बजेतिर उनीहरूबीचका सबै कुरा मिलेको छ ।
दुईबीचको डिभोर्स एकदमै युनिक र शिष्ट तवरले सम्पन्न भयो । उनीहरूबीचमा न त भरणपोषण रकम, न त कुनै समझदारी पत्रमा नै हस्ताक्षर गर्नुपर्यो । सबै कुरा भरोसा, विश्वास र आदरमा भयो ।' वकिल मेहताले दुईबीचको डिभोर्सलाई कसरी जोडी शिष्ट र स्तरीय ढंगले छुट्टनि सकिन्छ भन्नेमा उदाहरणीय बनेको टिप्पणी गरे । सन् २००० को क्रिसमस समयमा विवाह गरेको यो जोडीका दुई छोराहरू रहेका छन् ।
अब उप्रान्त बच्चाहरूले जुन अभिभावकसँग बस्न रहर गर्छन् उसैले पालनपोषण गर्नुपर्नेमा अदालतले फैसला सुनाएको छ । तीन वर्षको प्रेमसम्बन्धपछि विवाह गरेको उक्त जोडी छुट्टएिको खबर सुजैनले डिभोर्सको स्टेटमेन्ट सार्वजनिक गरेपछि बाहिरिएको थियो । डिभोर्सपछि आएको हृतिकको फिल्म 'ब्यांग ब्यांग' ले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो । अहिलेसम्म हृतिक र सुजैन दुवै सिंगल नै छन् ।
/www.radiokantipur.org
Sunday, November 2, 2014
हृतिक रोशन र सुजैन खानबीच कानुनी रूपमै सम्बन्ध विच्छेद
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments