काठमाण्डु, २० मंसिर– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै चर्चित हास्य ऋंखला तीतो सत्य प्रसारणमा लगाएको
रोक हटाएको छ ।
मोदीको क्यारिकेचर गरिएको उक्त ऋंखलाको गत बिहीबार राति प्रसारण हुनुपर्ने १ सय ७६ औं भागको नेपाल टेलिभिजन सेन्सर शाखाले प्रसारण रोकिदिएको थियो ।
तीतो सत्य प्रसारणमा लगाइएको रोकबारे सञ्चार माध्यम र सामाजिक सञ्जालहरुबाट व्यापक विरोध भएपछि रोकिएको ऋंखला दर्शकले आगामी बिहीबार हेर्न पाउने भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले तीतो सत्यका निर्देशक एवम् प्रमुख कलाकार दिपकराज गिरीलाई भेटेर प्रसारण रोकिएकामा दु:ख व्यक्त गर्दै आगामी साता सोही कार्यक्रम प्रसारण गर्न दिन सम्बद्ध पक्षलाई निर्देशन दिइसकिएको बताएका छन् ।
गिरीका अनुसार उक्त प्रकरणबारे आफू अनभिज्ञ रहेको मन्त्री भन्दै रिजालले माफी मागेका थिए । ‘मन्त्रीज्यूले मलाई थार्ह थिएन, नहुनुपर्ने कुरा भएछ । आगामी हप्ता त्यही कार्यक्रम प्रसारण गर्न निर्देशन दिएको छु भन्नुभएको छ’, गिरीले काठमाण्डु टुडेसँग भने, ‘पूर्वाग्रही ढंगबाट जसरी विगतदेखि नै सेन्सरसिप लगाउँदै आइएको थियो, त्यसबाट हैरान हामी कलाकार, व्यंग्यकार र साहित्यकारको जित भएको छ ।’
गिरीले मन्त्री रिजालसँगको भेटमा आफूले नेपाल टेलिभिजनमा रहेको सेन्सरसिपको निरंकुशता हटाउन पनि माग गरेको बताए ।
‘इगोका कारण त्यस्तो भएको थियो’, गिरीले भने, ‘लोकतन्त्रको अनुभूति सबै तहका जनता र कलाकारले पनि गर्न पाउनुपर्यो, नेताले मात्र उपयोग गर्न पाउने लोकतन्त्र हामीले चाहेका थिएनौं ।’
kathmandutoday.com
No comments:
Write comments