top_rightads

Monday, December 8, 2014

दिर्घायु जीवनका लागि थोरै सेक्स.....

 

एजेन्सी । हालसालै भएको एक अनुसन्धानमा यौन जीवनसँग जोडिएको रोचक तथ्यहरु पत्ता लागेका छन् । शोधकर्ताका अनुसार जसले शारीरिक सम्बन्ध कम गर्दछन्, उनीहरु अपेक्षाकृत रुपमा लामो समयसम्म बाँच्न सक्छन् अथवा उनीहरु दिर्घायु जीवन बाँच्दछन् ।

फस्र्टपोस्टमा प्रकाशित समाचारमा इजरायलको तल अवीव युनिभर्सिटीका शोधकर्ताहरुले आफ्नो अध्ययनको आधारमा भनेका छन्, लामो जीवन बाँच्नको लागि कम शारीरिक सम्बन्ध र शाकाहारी भोजनको महत्वपूर्ण भूमिका हुन्छ । शोधकर्ताहरुले १, १०१४ सरीर्सप समूह (घस्रने जीव)हरुमाथि अध्ययन गरेका थिए, जसमा ६७२ छेपारो र ३३५ सर्प सहभागी थिए ।



यसमा धेरै सेक्स गर्ने, धेरै अण्डा पार्ने र अधिक सन्तान जन्माउने छेपारो र सर्पको जीवनकाल सोचेभन्दा कम पाइयो । शोधकर्ता शाइ मेरीका अनुसार, प्रजनन पोथीहरुको अत्याधिक दुःख कष्ट भोगेर मात्र सम्भव हुन्छ । प्रजननको अवस्थामा उनीहरुमा धेरै शारीरिक कष्ट हुन्छ । अध्ययनमा जुन जीव छिटो छिटो यौनिक हिसाबले परिपक्व हुन्छ, उनीहरु छिटोछिटो बुढो हुने पाइएको छ । यसैगरी कम सम्बन्ध बनाउनुका साथै शाकाहारी भोजन गर्नाले पनि उमेर बढी हुन्छ ।

अध्ययनमा शाकाहारी छेपारोको आयु किरा फट्याङ्ग्रा खाने छेपारोको भन्दा बढी पाइएको हो । प्रोटिनले भरिपूर्ण डाइट सेवनले प्रजनन क्षमता बढाउँछ तर उमेर भने घटाउँछ र छिटो बू्ढ्यौलीले पनि छुन्छ । शोधकर्ता इनाँन स्कार्फका अनुसार, शाकाहारी रेपटाइल्सको प्रजनन अवस्था ढिलो आउँछ, जसले उनीहरुको आयू लम्ब्याउँछ । यो शोध ग्लोबल इकोलोजी एण्ड बायोजियोग्राफी जर्नलमा प्रकाशित छ ।

No comments:
Write comments