मंसिर– सरकारले १८ औं सार्क सम्मेलनका क्रममा काठमाण्डुको प्रदर्शनीमार्गस्थित सडकका दायाँबायाँ राखिएको गमला हटाएको छ ।
विद्यार्थीहरुको दुई समूहबीच भएको झडपमा गमला फुटाएका कारण सडक विभागले ती गमला उठाएको हो ।
केटी जिस्काएको विवादले निहुँमा आरआर र त्रिचन्द्र क्याम्पसका विद्यार्थीबीच झडप भएको थियो । त्यस क्रममा विद्यार्थीले केही गमला फुटाएका थिए ।
आरआरका स्ववियु सभापतिका अनुसार त्रिचन्द्रका विद्यार्थीले पुस्कर बास्तोला, राजन घिमिरे र विकास अधिकारीमाथि हातपात गरेका थिए ।
यसैबीच काठमाण्डु महानगरपालिकाले गमला फुटाउने कार्यमा संलग्नलाई जरिवाना लगाउने भएको छ । महानगरपालिकाका अनुसार एउटा गमला फुटाउनेलाई दुई हजार जरिवाना लगाइने छ ।
kathmandutoday.com
No comments:
Write comments