बलिउडमा राज गरिरहेका तीन खानलाई एउटै फ्रे ममा हेर्ने दर्शकको धोको पुरा भएको छ ।
एकअर्काका तिब्र प्रतिस्पर्धी रहेका सलमान खान, शाहरुख खान र अमिर खान मंगलबार एकसाथ स्टेजमा देखिए ।
यस्तो दुर्लभ अबसर जुराइदिएको थियो टीभी कार्यक्रम ‘आपकी अदालत’ले ।
यो लोकप्रिय टीभी कार्यक्रमले आफ्नो प्रसारणको २१ औं बर्ष पुरा गरेको छ । यही अबसर पारेर कार्यक्रमका संचालकले बिशेष सो सुट गरेका छन जहाँ तीन खानसहित बलिउड हस्तीहरु उपस्थित भए ।
मंगलबारको सुटिङसँगै लिक भएका केही तस्वीरमा सलमान र शाहरुख मञ्चमा केही खुसामत गरेका देखिन्छन भने छेऊमा उभिएका आमिर मुस्कुराइरहेका छन् ।
No comments:
Write comments