top_rightads

Thursday, December 4, 2014

जनकपुर बमकाण्डका नाइके सञ्जय शाहलाई छुटाउने प्रयास बिफल

 

जनकपुर–जनकपुर बमकाण्डका मुख्य अभियुूक्त निलम्बित सभासद् सञ्जय शाहलाई थुनामै राखी कारवाही अगाडी बढाउन अदालतले आदेश दिएको छ ।  धनुषा ४ बाट संविधानसभामा निर्वाचत सभासद् सञ्जय शाहलाई जनकपुर बमकाण्डको मुख्य योजनाकारको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेका शाहलाई जिल्ला अदातलले थुनामै राखि कारवाही अगाडी बढाउन यस अघि आदेश दिएको थियो । जिल्ला अदातलको आदेशबिरुद्ध पुनरावेदन पुगेका शाहलाई पुनरावेदन अदालतले पनि पुर्वपक्षका लागि धुनामै राखी कारवाही अगाडी बढाउन आदेश दिएको छ ।



जिल्ला अदालतको फैसलालाई सदर गर्दै पुनरावदेनले पनि बिहीबार उनलाई थुनामा राखि कारवाही अगाडी बढाउन आदेश दिएको छ ।
साहले निर्दोष रहेको भन्दै पुनरावेदन अदालत जनकपुरमा दायर गरेको १७ नम्बर र बन्दी प्रत्यक्षीकरणको बहसपछि विहीबार यस्तो आदेश दिएको हो ।   न्यायाधीश पुरुषोत्तम भण्डारी र सत्यराज गुरुङको संयुक्त इजालसले साहलाई थुनामै राख्न आदेश दिएको हो ।
१८ बैषाख ०६९ मा जनकपुरको रामानन्द चौकमा पाँचजनाको ज्यान जाने गरी भएकोे बमकाण्डको मुख्य योजनाकार भएको भन्दै उनीविरुद्ध ज्यान मुद्दा दायर गरिएको छ ।
उक्त बमकाण्डमा मिथिलाकी चर्चित महिला कलाकार रञ्जु झासहित पाँचजना निर्दोष व्यक्तिको ज्यान गएको थियो । घटनमा ३५ जना बढी घाइते भएका थिए । अनलाइन दैनिक

No comments:
Write comments