top_rightads

Tuesday, September 16, 2014

सेक्स कमेडीमा सनीको दोहोरो भूमिका !

 



मुम्बई–सनी लियोनका फ्यानहरुलाई खुशीको खबर छ। बलिउडकी यी बिन्दास हिरोइन सेक्स कमेडी फिल्म मस्तीजाडेमा दोहोरो भूमिकामा देखिँदै छिन्। दोहोरो भूमिकाका लागि उनले आफ्नो अनुहार केही फरक बनाएकी छिन्। सनीको बलिउड करिअरमा यो बोनस बोनान्जा हुने टिप्पणी गरिएको छ।फिल्ममा दुई जुम्ल्याहा बिहिनीको चरित्र फरक फरक देखाइएको छ। यीमध्ये एक असाध्यै बोल्ड छिन् भने दोस्रो रुढिवादी विरचाकी छिन्। सनी लियोनले आफ्नो जुम्ल्याहा भूमिकाप्रति निकै उत्सुक रहेको बताएकी छिन्।



'जुम्ल्याहा भूमिकादेखि म निकै उत्सुक छु। आशा छ दर्शकले मेरो भूमिकालाई मन पराउनेछन्', सनीले भनेकी छन्। बोल्ड भूमिकामा सनी लियोन धेरै आइसकेकी छिन्। एक रुढिवादी युवतीको भूमिकाले उनको सफलता निर्धारण गर्ने बताइन्छ। मस्तीजाडेको मिलाप जावेरीले निर्देशन गर्दैछन्। फिल्ममा सनी लियोनका साथै तुषार कपुर तथा वीर दास मुख्य कलाकार रहेका छन्।

No comments:
Write comments