सिएटल, (अमेरिका), अमेरिकामा निकै अचम्म लाग्ने घटना घटेको छ । यहाँ एक जना पुरुष व्यक्तिका साथमा भएको बलात्कारको घटनाले अहिले निकै चर्चा पाएको छ । अंग्रेजी वेबसाइट डेली मेलको खबर अनुसार, अमेरिकाको सिएटलमा २६ बर्षकी एक महिलामाथि एक पुरुषको घरमा पसेर उनको हात खुट्टा बाँधेर बलात्कार गरेको आरोप लागेको छ । पिडित पुरुषले यस घटनाको कोर्टका जानकारी गराएका छन ।
बताइए अनुसार जो महिलाले उनका साथमा बलात्कार गरेकी थिइन, उनी साथवाले अपार्टमेन्टमा बस्नेहरूलाइ चिन्दथिन । पिडितले ती महिलाका बारेमा यो पनि बताइन कि उनी ड्रगका कुलतमा फसेकी छन । घटना भन्दा पहिले पिडित एक जन्मदिनको पार्टीमा सहभागी भएका थिए । घर फर्किएर थकानले चुर भएका उनी त्यतिकै सुतेका थिए । जब रातीको दुइ बजे उनको निद्रा अचानक खुल्यो, त्यसबेला उनले आफ्नो हाट खुट्टा बाँधिएको पाएका थिए ।
करिब ५ फिट ७ इन्चकी आरोपी महिला उनका माथि चढिरहेकी थिइन । निकै मेहनत पछि ती आरोपी महिलाबाट उनी फुत्किएर सिधै मेडिकल टेस्ट गर्न तथा उजुरी गर्नका लागी पुगेका थिए । आरोपी महिलाले यी आरोपहरूलाइ अस्विकार गरेकी छन । उनले भनिन कि उनलाइ केही यस्तो कुरा याद नै छैन । प्रहरीले अहिले यस काण्डको जाँच शुरू गरेको छ ।
No comments:
Write comments