काठमाडौं । मोबाइलको शौखिन मानिसहरुका लागि खुसीको खबर छ । एउटा यस्तो मोबाइल आउदै छ जसको मूल्य सुनेर तपाई होस उड्न सक्छ । यो फोन आइफोन ५ ब्ल्याक डाइमण्ड हो ।
यसलाई एप्पल इण्डस्ट्रीज बनाएको भने होइन । यो फोन विश्वविख्यात डिजाइनर स्टुअर्ट ह्युजले आफ्ना खास ग्राहकका लागि बनाएका हुन् । यसको मुल्य १० लाख डलर अर्थाक करिब ९ करोड रुपैया राखिएको छ ।
iphone-5
यो फोन बनाउनका लागि पहिले ह्युजले आइफोनको चेसिस बदलेका थिए । जुन काम निकै कठिन थियो । यसपछि उनले यसमा कालो हिरा (ब्ल्याक डायमण्ड) प्रयोग गरेका थिए ।
यसलाई स्टुअर्ट ह्युज आइफोन ५ को नाम दिइएको छ । स्टुअर्ट ह्युज बेलायतका एक प्रख्यात डिजाइनर हुन् । उनले पछिल्लो समयमा २४ क्यारेट सुनवाला मोबाइल फोन बनाएका थिए ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
No comments:
Write comments