नेपाल विद्यार्थी संघ ललितपुरले ८ औं महाधिवेशनका लागि आगामी २५ गतेभित्र जिल्ला अधिवेशन गर्न नेविसंघ केन्द्रिय कार्यसमिति र जिल्ला कार्यसमिति ललितपुरलाई अल्टिमेटम दिएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति ललितपुरले नेविसंघको ८ औं अधिवेशन सम्पन्न भैसक्दा पनि नेतृत्व चयन नगरेकोमा आक्रोश व्यक्त गरेको हो । उनीहरुले अधिवेशन नगरेर नेतृत्वले नेपाल विद्यार्थी संघलाई धराशयी बनाउने षड्यन्त्र गरेको समेत आरोप लगाएका छन् ।
कार्यक्रमा नेविसंघका पूर्व सहमहामन्त्री बावुराजा चित्रकारले आगामी भदौ २५ गतेसम्म ललितपुर जिल्लामा जिल्ला अधिवेशन नगरे आफूहरुले नै अधिवेशन गर्ने चेतावनी दिएका छन् । चित्रकारले पार्टी सभापतिले एकलौटी रुपमा प्रचण्ड दबाब सिर्जना गरि पार्टीको राजनैतिक तथा साँगठनिक छलफल समेत नगरी अधिवेशन गरेको आरोप लगाँउदै नेविसंघलाई धराशयी बनाउने षड्यन्त्र आफूहरुलाई कुनै हालतमा मान्य नहुने चेतावनी दिएका छन् ।
त्यस्तै नेविसंघका केन्द्रिय सदस्य अभिन्दा भुजुले नेविसंघको ललितपुरको जिल्ला अधिवेशन नगरेर नेतृत्वले ठूलो षड्यन्त्र गरेको आरोप लगाएका छन् । भुजुले आफूहरुले दिएको अल्टिमेटम भित्रै अधिवेशन नगरे बाध्य भएर आफै अधिवेशन गर्ने चेतावनी दिएका छन् ।
Saturday, September 6, 2014
भदौ २५ भित्र जिल्ला अधिवेशन गर्न नेविसंघको चेतावनी
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments