top_rightads

Thursday, September 11, 2014

टुट्यो विश्वकप सपना, नेपाल समूहचरणबाटै फिर्ता

 




काठमाडौं, २६ भदौ । उत्तर कोरियाले नेपाली पोष्टमा गोलको वर्षा नै गरेपछि नेपाल एएफसी यु–१६ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ । यससँगै यु–१७ विश्वकपमा सहभागिताको सपनासमेत टुटेको छ ।

कम्तिमा १ अंकको खोजीमा मैदान छिरेको नेपालको रक्षापंक्तिले निकै कमजोर प्रदर्शन गरेपछि उत्तर कोरियासँग ४-१ गोल अन्तरले पराजित हुनपुग्यो ।

आजै भएको उज्वेकिस्तान र कुवेतबीचको खेलको नतिजापनि आफ्नो पक्षमा नआएपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो । उज्वेकिस्तानले कुवेतलाई ४-२ ले पराजित गरेसँगै उत्तरकोरिया र उज्वेकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरेका छन् भने नेपाल र कुवेत बाहिरिएको छ ।

कमजोर नेपाली डिफेन्स लाईनको फाइदा उठाउँदै उत्तर कोरियाले पहिलो हाफमै ४ गोल गर्न सफल भयो । जवाफमा नेपालले मात्रै १ गोल फर्कायो ।

नेपालका लागि २७ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । उत्तरकोरियाले भने ४, २३, २७ र पहिलो हाफको इन्जुरी समयमा गोल ग-यो ।

यसअघि पहिलो खेलमा उज्वेकिस्तानसँग १–१ को बराबरी खेलेको नेपालले कुवेतलाई २–१ ले पराजित गरेको थियो । नेपाली टोली विश्वकप खेल्ने सपनासहित थाइल्याण्ड पुगेको थियो । आजको खेलमा कम्तिमा बराबरी खेलेको भए नेपाल यसपछिको एकमात्रै जीतले पनि विश्वकपमा पुग्न सक्थ्यो ।

No comments:
Write comments