काठमाडौं । कुनै समय टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा राम्रै ख्याती कमाएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले टेलिभिजनवाट प्रशारण हुने रियालिटी सो संचालन गर्ने भएकी छन् ।मिस नेपाल भएपछि गीत संगीतसँग सम्बन्धित कार्यक्रमको प्रस्तोत भएका माल्भिका अहिले अन्य सामाजिक काममा समेत सक्रिय छिन्।
अभिनयप्रति रुची नभएको बताउँदा बताउँदै पनि नबीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौ’ मा अभिनय गरेकी माल्भिकाले केही म्युजिक भिडियोमा अभिनय गरिन् । उनको अभिनयको राम्रै प्रसंसा गर्छन दर्शकहरु ।
पछिल्लो समय वालवालिकाको क्षेत्रमा क्रियाशिल माल्भिकाले टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम‘आईडियाज स्टुडियो’ रियालीटि शो संचालन गर्ने भएकी छिन् । ‘सोँचदेखि उद्योगसम्म’ भन्ने नारा अनुरुप बनाउन लागिएको कार्यक्रम १३ भागको हुने छ ।
No comments:
Write comments