सम्भोग गर्नु भन्दा अगाडी नै शीघ्रपतन हुने रोगको उपचार आयुर्वेदिक पद्धति बाट !
सहवास गर्ने बेलामा सहवास हुनुभन्दा पहिले नै उत्तेजनाद्दारा वीर्य निस्की लि¨ शिथिल हुने समस्यालाई शीघ्रपतन भनिन्छ । पुरुष तथा स्त्री दुबैलाई कष्ट दिने गम्भीर खालको रोग हो । यसले पुरुषमा हीनताबोध बढाउंछ र महिलामा असन्तोष । यसले गर्दा स्त्री पुरुष दुबै सहवासको आनन्दबाट बन्चित हुन्छन् । त्यसको परिणाम परिबारमा अशान्ति गराउने हुन्छ ।
कारण
बढि मात्रामा हस्तमैथुन गर्नु । रक्सी, लागुपदार्थको सेवन । बढि चिन्ता गर्नु । हिन भावना हुनु ।
स्वप्नदोष भईराख्नु ।
जीर्णरोगहरु – क्षयरोग , रक्ताल्पता , कामला आदि ।
पौष्टिक खाना नपाउनु ।
जननेन्द्रिय समन्धि रोग – भिरंगी , सिफलिस आदि ।
लक्षण:
स्त्रीको सम्पर्क हुनसाथ उत्तेजना हुन्छ ।
उत्तेजना हुने बितिक्कै वीर्य लिङ्गबाट बाहिर निस्किन्छ । अनि लि¨ शिथिल हुन्छ ।
मैथुन गर्न असम्भव हुन्छ । मैथुन भएपनि त्यसको समय निकै कम हुन्छ ।
रोग बढेपछि स्त्रीको आलि¨न गर्नासाथ वीर्यस्राव हुन्छ । पछि सहवासको कुरा मनमा उठ्दा पनि वीर्यको स्राव हुन थाल्छ ।
औषधि उपचार:
सबभन्दा पहिले सहवास समबन्धि भयलाई हटाउनु पर्छ । धेरै समयपछि सहवास गर्दा यस्तो सिघ्रपतन कहिलेकाहि हुनु स्वभाविक कुरा हो । त्यसको चिन्ता गर्नु पदैन । शीघ्रपतन स्थायीरुपमा भएमा त्यसको चा“डैनै उपचार गर्नुपर्छ । उपचार समयमानै गर्दा यो रोग निको हुन्छ । पत्नी समझदार र पतिलाई माया गर्ने भएमा यो समस्या चांडैनै हराउन सक्छ ।
रोगीको शारिरीक दुर्वलता जीर्ण रोगहरु धेरै समय भईरहदा उत्पन्न हुन्छ । त्यसले रागी बढी चिन्ताग्रस्त हुन्छ र चिन्तानै शीघ्रपतनको कारण बुझी त्यसको उपचार गर्नुपर्छ ।
यसको उपचारको लागी शरीरलाई बलियो पार्ने , मनलाई निचिन्त र प्रसन्न पार्ने उपाय गर्नु पर्छ । उचित खानपान , औषधि र वातावरणको व्यवस्था मिलाउनु पर्छ ।
औषधिको रुपमा प्रयोग गर्ने योग्य योगहरु यस प्रकारका छन् ।
( क )शिलाजी वटी १,१ गो. बिहान बेलुका महसंग खाई दुध पिउनु पर्छ । अथवा
( ख ) मकरध्वज वटी १,१ गो. महसंग बिहान बेलुका खान दिनुपर्छ ।
अथवा
( ग ) त्रिवंगभस्म १० ग्रा. स्वर्ण भस्म १ ग्रा दुबै मिसाई ८० मात्रा बनायपछि १,१ मात्र बिहान बेलुका दुधको तरसंग खान दिनुपर्छ ।
( ङ ) मकरध्वज १२५ मी.ग्रा. मा अश्वगन्धा चुर्ण १ ग्रा. र मह मिसाई दिनको दुई पटक प्रयोग गर्नुपर्छ ।
अन्तमा:
जौ, गहु, मासको दाल , बासमती चामल , रहरको दाल, आलु सकरखन्ड, ओल, काउली, भिन्डी, लौका, लुडेको साग, दुध, घिउ, नौनी, मिश्री, केरा, लीची, स्याउ , अनार, अंगुर, र मिठाईहरु खानुपर्छ ।
लुगा सफा र राम्रो डिजाईनको लगाउनु पर्छ ।
प्रतिदिन बगैचा, नदिको किनार आदि रमणीय ठाउमा घुम्ने र मनोरन्जन हुने काम केहि समय गर्नुपर्छ ।
समय समयमा शरीरको मालिस गर्नुपर्छ ।
स्रोत :एजेन्सी
No comments:
Write comments