रौतहट, कात्तिक ९–अदालतको निर्णय अनुसार धरौटीमा रिहा हुन नमानेर डाक्टर सिके राउतको ठुलो गल्ती रहेको सभासद सुनिल यादव जितेन्द्रले बताएका छन् । गृहजिल्ला रौतहटस्थित क्षेत्र नम्बर ५ स्थित कटहरीया बजारमा आइतवार दिपावली तथा छठको अवसरमा कार्यकर्तालाइ सम्बोधन गर्दै सभासद यादवले सिके राउतले गल्ती गरेको बताएका हुन् । देश बिखण्डन गर्ने अभिब्यक्तीको कारण राज्य र अदालतले सिके राउतलाई जरिवाना गरेको थियो ।
तर, आफनो गल्ती स्विकार नगरी धरौटी राखेर रिहा हुनुको सट्टा अनेक बहाना बनाउनु पछाडी कुनै अदृस्य शक्तीको हात हुनसक्ने उनले आशंका समेत ब्यक्त गरे । २००७ सालदेखीको संबिधानको एजेण्डालाइ आझेलमा पार्ने षडयन्त्र अन्तरगत राउत कुनै तत्वको खेलका पात्र हुनसक्ने समेत सभासद यादवले बताएका छन । अहिले देशमात्र रेमिटयांसको भरमा सञ्चालन भइरहेको समय संबिधान निर्माण र उर्जा बिकासमा सबैको ध्यानहुनुपर्ने उनले औल्याएका थिए । उनले क्षेत्र नम्बर ५ बिगतमा बिकास बाट बञ्चित रहेपनी अब त्यो अवस्था नहुने बताए । क्षेत्रको १५वटै गाबिसमा बिकासको लागी केन्द्रिय बजेट ल्याएको चर्चा गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक युनियनका सभापती योगेन्द्र यादव,शिक्षकसंघका अध्यक्ष राममंगल यादव,इन्जिनियरिंग क्याम्पस धरानका प्रमुख जितेन्द्र चौधरी,सर्फलाल गुप्ता,राकेश गिरी लगायतले दिपावली र छठको शुभकामना राखेका थिए ।
http://www.ratopati.com/2014/10/26
No comments:
Write comments