top_rightads

Thursday, October 2, 2014

भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ: दीपाश्री

 

तितोसत्य’ सुरु भएकै झन्डै १३ वर्ष पुगिसक्यो । यसरी हप्तैपिच्छे कार्यक्रम तयार गर्नुपर्दा विषयबस्तु कसरी छान्नुहुन्छ? 
राजनीतिक अवस्था अस्तव्यस्त भएको मुलुकमा सामाग्रीको अभाव नै हुदैन । कार्यक्रमको मुख्य सामाग्री नै राजनीतिक व्यंङ्गमा आधारित हुन्छ ।
राजनीति सुध्र्यो भने कन्टेन्टको अभाव होला नि त ?
म त भन्छु बरु कार्यक्रम बन्द भए होस् तर राजनीति सुध्रे हुन्थ्यो ।
deepa shree -interview1
‘छ एकान छ’ फिल्मले राम्रै सफलता पायो । अर्को फिल्म पनि बनाउने होला नि त ?
‘वडा नम्बर छ’ फिल्म बनाउने तयारी हुदैछ । स्क्रिप्ट लेख्ने काम भइरहेको छ ।

‘छ’ लाई नै किन छान्नु भएको हो ?
‘छ’ हाम्रो लकी नम्बर सावित भयो ।

थुप्रै नेपाली चलचित्र असफल भइरहेको सन्दर्भमा ‘छ एकान छ’ ले राम्रै व्यापार गर्यो । खासमा फिल्म चल्ने आधार के हो ? 
कथाबस्तु, लोकेसन अनि प्रस्तुति ।
deepa shree -interview2
‘अग्निपथ’ चलचित्रबाट तपाईले ठूलो पर्दामा सुरुवात गर्नुभएको थियो । फेरि बीचमा किन हराउनु भयो ? 
म आफूलाई एउटा नायिका भन्दा पनि कलाकारका रुपमा लिन्छु । उसो त नायिका हुने त हरेकलाई रहर हुन्छ तर प्रस्ताव आएका रोलहरु नै त्यति मन परेनन् । तितो सत्यमा पनि व्यस्त भइयो । बडा नम्बर छ को तयारी हुदैछ त्यसैमा देखिनेछु ।

कलाकार असफल हुनुको कारण के लाई मान्नुहुन्छ ? 
अनुहार, जीउ, बोली र हाउभाउ सुहाउदो रोल मात्रै गर्नु पर्छ । तर जे पायो त्यही रोल गर्यो भने कलाकार मात्र होइन फिल्म पनि चल्दैन ।

कलाकारलाई प्रशंसा कतिको आवश्क छ ?
प्रशंसाले प्रोत्साहन गर्छ । सायद मैले दर्शकको माया र प्रशंसा नपाएको भए यहाँसम्म पुग्न सक्थिन ।

अहिलेसम्म बिहे किन गर्नु भएन ?
राम्रो केटा नै भेटिएन (लामो हाँसो) । हेर्नुस् विवाह भन्ने कुरा भाग्यमा लेखेरै आउनु पर्छ । ५५ वर्ष भएपछि राजेश दाईले अस्ति भर्खर बिहे गर्नुभयो । हतार गर्न हुदैन । भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ ।

राजेश हमालले त बिहे गरिसके अब तपाईले बिहे कहिले गर्नुहुन्छ ? 
अब धेरै ढिलो धेरै हुदैन । कम्तीमा दुई वर्ष भित्र म पनि बिहे गर्छु । राजेश दाई अविवाहित हुँदा बिहेको प्रश्नबाट मलाई पन्छिन सजिलो थियो । अब त झन् अप्ठयारो पो भएछ ।

राजेश हमालको बिहेले तपाई किन अप्ठयारो ? 
अविवाहित संघको अध्यक्ष (राजेश हमाल) ले बिहे गरिसकेपछि बाँकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाई अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाईलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ । अब मैले सोध्नु पर्यो, राजेश दाई यति चाडै किन बिहे गर्नु भएको ?

यति लामो समय एक्लै जिन्दगी बिताउन गाह्रो हुदैन ? 
हुदैन । म त मेडिटेशन (ध्यान) गर्छु । त्यसैले ध्यान अन्त जाँदैन । त्यसो त एक्लै बस्न त को नै चाहन्छ र तर हतार छैन । राम्रो केटा भेटे बिहे गर्छु । प्रस्तावहरु थुप्रै आए तर गतिलो भएन ।

प्रेम प्रस्ताव कतिको आउछ ? 
थुप्रै आउँछ । अचेल कम भइसक्यो । सुरुमा लव लेटर लेखेर, बाटोमा भेटेर प्रेम प्रस्ताव गर्नेले हैरानै बनाउथे । ३० वर्ष उमेर कटिसकेपछि प्रेम प्रस्ताव आउन छोड्छ । केटीलाई प्रेम प्रस्ताव आएन भने त त्यो केटी नै होइन नि । प्रपोज नआउने त्यो महिला महिला होइन मैला हो । 

कस्तो केटाको खोजीमा हुनुहुन्छ ? 
मलाई रुप राम्रो भन्दा मन राम्रो भएको केटा चाहिन्छ । अहिले पनि ‘भेकेन्सी ओपन’ छ ।

तपाईलाई प्रेमको अनुभव छ ? 
विद्यार्थी छँदा मैले पनि मायाँ गरे । बिहे गर्ने मोडमा पुगेको थिए । तर त्यो प्रेम असफल भयो । एक पटक प्रेममा धोका पाएपछि कसैसंग माया नै बसेन ।

अनि सेक्सको अनुभव नि ? 
भएन । यो नितान्त निजि कुरा हो तर मलाई सेक्सको अनुभव छैन । 

दिपकराज गिरीसंग काम गरेको दशकौं भइसक्यो । रिल लाइफमा तपाईहरु पतिपत्नि हुनुहुन्छ । वास्तविक जीवन हामी पतिपत्नि भए  हुन्थ्यो जस्तो लाग्दैन ? 
दिपक र मेरो जोडी परफेक्ट छ । ऊ विवाहित नभएको भए हामी बिहे गर्थ्यौं । नेपालको कानुनले पनि बहुविवाहको छूट दिएको भए म दिपकसंग बिहे गर्थे ।
Deepa Shree Niraula 2
अन्त्यमा केही भन्नु छ? 
दर्शकले यसरी नै माया गर्दिऊन् बाँकी पुगेकै छ ।
- See more at: http://nepaliheadlines.com/2014-06-04-05-36-28.html#sthash.fmeLhniZ.WBxpcfsM.dpuf

No comments:
Write comments